विराटनगर । उद्योग प्रतिष्ठानहरुभित्र हुनसक्ने हिंसा र दुव्र्यवहारलाई निरुत्साहित गर्न नेपाल उद्योग वाणिज्य महासंघले गम्भीरता देखाएका छ । महासंघ प्रदेश १ ले महासंघ अन्तर्राष्ट्रिय श्रम संंगठन नेपालको आर्थिक सहयोग एवं नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंसँगको सहकार्यमा सचेतनामूलक कार्यशाला गोष्ठी आयोजना गरी त्यस विषयमा गम्भीरता दर्शाएको हो ।
गोष्ठीमा कार्यस्थलमा हुने हिंसा तथा यौनजन्य दुव्र्यवहारविरुद्ध उद्योग प्रतिष्ठानहरुले पालना गर्नुपर्ने आचारसंहिताका बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रमका अवसरमा महासंघका केन्द्रीय सदस्य डा.अविनाश बोहराले कार्यस्थलमा हुने हिंसाका घटना रोक्नका लागि त्यस्ता घटनामा हुनसक्ने सहनशीलतालाई शून्यमा लैजानुपर्ने बताए । उनले उद्योगधन्दाभित्र हुने हिंसा एवं यौनजन्य दुव्र्यवहारको परिणाम कर्मचारी तथा श्रमिकहरुमा हुने श्रम मनस्थिति नै बिग्रिएर जानेतर्फ सचेत रहनुपर्ने सुझाव दिए ।
महासंघका सहायक निर्देशक हरि पौडेलले आइएलओ महासन्धि र लैंगिक हिंसा निवारण ऐन बमोजिम हिंसा तथा दुव्र्यहारविरुद्धको कानुनी व्यवस्था र सजाय हुने अवस्थाबारे जानकारी गराए । उनले शारिरीक, गैरमौखिक र मौखिक रुपमा हुनसक्ने हिंसाले काममा पु¥याउने प्रतिकूल वातावरणविरुद्ध सवै क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताए ।
कार्यक्रममा सहभागीहरुले आफू कार्यरत वा आफूले संचालन गरेका उद्योग व्यवसाय, कम्पनी तथा फर्मभित्र हुनसक्ने
हिंसाका विरुद्ध कार्ययोजना बनाएर त्यसको पालना गर्नसमेत प्रतिबद्धता जनाएका छन् । औधोगिक क्षेत्रका ठूला उद्योग प्रतिष्ठान, व्यवसायिक फर्म र रोजगारदाता एवं स्वरोजगार व्यवसायका संचालक र माथिल्लो तहका ४५ जना सहभागी भएको महासंघ प्रदेश १ का कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)ले जानकारी दिए ।

