विराटनगर । सुनसरीको इटहरी २० तरहराकी ३० वर्षीया रमा चौहानलले विराटनगरस्थित विराट नर्सिङ होम (विराटनगर अस्पताल) मा जन्माएकी तिम्ल्यिाहा नवजात शिशुलाई हस्पिटलले बचाएको छ ।
हस्पिटलका वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञ डा. दिपराज अधिकारीको नेतृत्वको १६ जनाको स्वास्थ्यकर्मीको टोलीले तिम्ल्यिाहा नवजात शिशुको सफल उपचार गरेर बचाएको हो । समय नपुगी जन्मिएको नवजात शिशुको सफल उपचार गरेर हस्पिटलले बचाएपछि बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
३ कार्तिकमा हस्पिटल भर्ना भएकी चौहानलले १० कार्तिकमा तिम्ल्याहा नवजात शिशुलाई जन्म दिएकी थिइन् । चौहानलले जन्म दिएकी तीनै जना छोरी रहेको छ । अस्पतालकी वरिष्ठ स्त्री, प्रसूति तथा निसन्तान विशेषज्ञ डा. प्रेरणा दाहाल नेतृत्वको टोलीले उनको प्रसूति गराएको थियो ।
गर्भ रहेको २९ सातामै चौहानले शिशु जन्माएकी हुन् । सामान्य अवस्थामा शिशु ४० सातामा जन्मिए पनि गर्भमा २ वा त्यसभन्दा बढी शिशु रहेको अवस्थामा सामान्य गर्भावस्थामा भन्दा छिटो पैदा हुने चिकित्सकको भनाइ छ । चौहानलले गर्भ रहेको २९ हप्ता पुरा भएपछि यी शिशु जन्माएकी हुन् ।
‘समय नपुगी त्यो पनि कम तौल भएको शिशुलाई बचाउन निक्कै गाह्रो र खतरा हुने गर्दछ,’ वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञ डा. अधिकारीले भने, ‘कम तौलको शिशुको शारिरको अंगहरू विकास भएको हुदैन । त्यस्ता शिशुलाई कडा खालको अक्सिनमा राख्नुपर्ने हुन्छ । बुझने भाषामा भन्नुपर्दा आमाको कोखमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।’
तीनै जना शिशुलाई एनआईसीयू कक्षमा राखेर उपचार गरेको उनले बताए । ‘एनआईसीयूमा दुई साता राखेर उपचार गर्दा शिशुको अवस्था अहिले एकदमै राम्रो भएपछि नर्सरी वार्डमा सारेर उपचार गरिएको छ,’ उनले भने, ‘अब खतराको जोखिम मोलेर अगाडी बढेको छ । तीनै जना शिशुको अवस्था अहिले एकदमै राम्रो छ । आमाको दूध खानसक्ने भएका छन् ।’ शारीरिक विकास हँुदै जाने क्रम अब बढेर जाने भएकोले अबको दुई साता भित्रमा शिशुलाई डिस्चार्ज दिने उनले बताए ।
तिम्ल्याहा शिशुलाई जन्म दिएकी रमा चौहानको पहिलो सन्तान हो । ‘पहिलो सन्तान तिम्ल्याहा जन्माएर सकुशल रहेकोमा खुसी झन् बढेर गएको छ,’ उनले भनिन्, ‘तर ईश्वरले जे चाहे त्यो गरे । हाम्रो लागि यो दुर्लभ खुसी हो । घरमा श्रीमान, बुवा, आमा, सबै जना खुसीले गदगद हुनुहुन्छ ।’
२९ हप्तामै जन्मिएका तीनै जना सन्तान र सपनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले सुनाए । लामो समयदेखि गर्भ नरहेपछि आइ.भि.एफ पद्धति द्वारा गर्भ रहेको थियो । चौहान गर्भ रहेदेखि डा. दाहाललाई नियमित जाँच गराउदै आएकी थिइन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।