विनोद घिमिरे
नेपालमा राजनीतिक परिवर्तनका आन्दोलनहरुमा नेपाली काँङग्रेसले विराटनगरबाट खेलेको सकारात्मक भूमिकाबारे धेरै चर्चा गर्नै पर्दैन । आज पनि विराटनगरलाई बाहिरबाट हेर्दा काङग्रेसको गढ मानिन्छ ।
विराटनगरमा काङग्रेसले एउटा अलग पहिचान बनाएको छ । काँग्रेसका संस्थापक विपी लगायत कोइराला निवासको चर्चा बाहिरी जिल्लाहरुमा हुने गर्छ । तर के आजका काँग्रेसजनले त्यो इतिहास र पहिचान जोगाउन सकेका छन् त ?
गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकामा एमाले नामको दलले धेरै वडाहरु कब्जा ग¥यो । काँग्रेस कार्यपालिकामा अल्पमतमा प¥यो । मेयरमा नागेश कोइरालाले जिते तर गठबन्धनको बलमा । यो अवस्था किन आयो ? उत्तर स्पष्ट छ– विराटनगरका काँग्रेस नामका मात्र काँग्रेस भए । व्यवहारमा एमालेका मतदातामा रुपान्तरित भए । के यो आरोप गलत छ ? विल्कुल छैन ।
विराटनगरका केही वडाहरूमा काँग्रेसको उपस्थिती हेर्दा लाग्छ, त्यहाँ अन्य दलले उम्मेदवारी दिनु भनेको औपचारिकताका लागि मात्र हो । त्यहाँका मतदाताले रूख बाहेक अरू देख्दैनन् । अझ एमालेको सूर्य चिन्ह त उनीहरूको प्रमुख विरोधी हो । काँग्रेसजनलाई वर्षौंदेखि स्कुलिङ गरिएको छ । २०४८ सालदेखिका प्रायःजसो संसदीय निर्वाचन र स्थानीय निर्वाचनका परिणामले पनि त्यस्तै देखाउँछन् । तर २०७९ सालको स्थानीय निर्वाचनमा त्यो अवस्था पूर्ण रुपमा ध्वस्त भयो । वडा नम्बर १,२,३,४,८ जस्ता गढमा एमाले हावी भयो । त्यसो हुनुको मुख्य कारण रुखछापे काँग्रेसजनले नै प्रमुख विरोधी एमालेको सूर्य चिन्हमा आँखा चिम्लेर, विवेक बन्धक राखेर मत हाल्नु अनि आफ्ना उम्मेदवारलाई चरम अन्तर्घात गर्नु हो । अर्थात् विराटनगरमा काँग्रेस काकार्यकर्ताहरू अहिले पनि प्रतिवद्ध काँग्रेस हुन सकेका छ्रैनन् ।
२०७९ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । नेपाली काँग्रेसले लोकतान्त्रिक–वाम गठबन्धनको नेतृत्व गर्दै धेरै ठाउँमा उम्मेदवारी दिएको छ । यतिबेला विराटनगरमा काँग्रेसका सम्पूर्ण कार्यकर्ताहरु आफ्ना र गठबन्धनका उम्मेदवारलाई जिताउने बारेमा सोच्नु पर्ने हो तर अवस्था स्थानीय निर्वाचनकै जस्तो हुने देखिदैछ । निर्वाचनको मिति नजिकिदै गर्दा जिम्मेवार काँग्रेसका कार्यकर्ताहरु विपक्षी दल एमालेसँग मिलेका देखिन्छन् । “स्थानीय निर्वाचनमा त्यसले मलाई हरायो, अब म पनि देखाइदिन्छु” भन्ने भावका साथ केही काँग्रेसजन बसेका छन् ।
नेपाली काँग्रेसको जन्मदाताहरु भएको ऐतिहासिक शहर विराटनगरका काँग्रेसजनले सोच्नु पर्ने छ कि तपाईहरूको अन्तर्घातले लोकतन्त्र विरोधी शक्तिलाई फाइदा हुनेवाला छ । तपाईहरुले आफ्ना उम्मेदवार डा. शेखर वा सुजाता, गुरुराज, भीम वा केदार कार्कीलाई हराउँदा जित्ने उही भष्माशुर केपी ओलीले हो । ख्याल गर्नुहोस्, २०७९ मंसीर ४ गते गठबन्धनका उम्मेदवार अमन मोदी वा शिवकुमार मण्डललाई हराउँदा डा. शेखर वा गगन थापा प्रधानमन्त्री बन्नबाट बन्चित हुनु हो ।
यदि तपाईं सच्चा काँग्रेस हो भने काँग्रेसकै हीतका लागि पनि गठबन्धनलाई जिताउनु पर्नेछ । विगतका अन्तर्घातलाई नबिर्से पनि कम्तिमा माफी दिनुस् । नयाँ ढंगले एकता गर्दै आफ्नो गुमेको साख फर्काउनुहोस् । आगे तपाईहरुको इच्छा !