लोड हुँदैछ...

मेनु

नेपालमा डेंगु रोगीको संख्या ५० हजार नाघ्यो

नेपालमा डेंगु रोगीको संख्या  ५० हजार नाघ्यो

विराटनगर । नेपालमा डेंगु रोगीको सङ्ख्या ५० हजार नाघेको छ । थप ३ हजार ४९५ जनामा डेंगु रोग पुष्टि भएसँगै डेंगु रोगीको सङ्ख्या ५० हजार २६३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत कार्तिक १४ गते यो सङ्ख्या ४६ हजार ७६८ पुगेको थियो । यस रोगबाट मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ । गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको सङ्क्रमण ७७ वटै जिल्लामा फैलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।