डेंगी संक्रमितको संख्या ४६ हजार ७६८ पुग्यो

काठमाडौं । डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनसार संक्रमितको संख्या ४६ हजार ७६८ र मृतकको संख्या ५४ पुगेको हो ।

महाशाखाका अनुसार संक्रमितको संख्या वाग्मती प्रदेशमा ३६ हजार ४४१, प्रदेश–१ मा एक हजार ७९१, मधेस प्रदेशमा ७६५, गण्डकी प्रदेशमा १ हजार ७६६, लुम्बिनी प्रदेशमा ४ हजार ६५६, कर्णालीमा ६६४ र सुदूरपश्चिम प्रदेशमा एक हजार १८५ छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा सबैभन्दा धेरै २६ हजार ८२८ जना संक्रमित भएका छन् ।

सोमबार, १४ कार्तिक, २०७९, साँझको ०५:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर