विराटनगर । विराटनगरमा विश्व विश्व मानसिक स्वास्थ्य दिवस मनाइएका छ । नेपाल मनोचिकित्सक संघको आयोजनामा प्रभातफेरिसहित जनचेतना मुलक कार्यक्रम गरी दिवस मनाइएको हो । हरेक वर्ष अक्टोवर १० लाई विश्व मानसिक स्वास्थ्य दिवसको रुपमा मनाइने गरेको छ ।
‘स्वास्थ्य दिमाग र खुसी जीवनलाई राष्ट्रिय प्राथमिताको विषय बनाऔँ’ भन्ने मूल नारासाथ विराटनगरस्थित कोसी अस्पताल परिसरबाट रयाली निकालेर चिकित्सक तथा स्वास्थ्यकर्मीले एकसाथ दिवस मनाएका हुन ।
समस्या भए उपचार गर्दा मानसिक रोग ठिक हुने जनचेतना दिलाउन प्रदेशस्तरमा कार्यक्रम आयोजना गरिएको संघका केन्द्रीय सदस्य तथा कोसी अस्पतालका मनोचिकित्सक डा. प्रभात चालिसेले बताए । मानसिक स्वास्थ्यप्रति संवेदनशील बन्नुपर्ने,स्वास्थ्य प्राथकिता दिनुपर्ने र सहयोग भए रोग ठिक हुने धेरै मानिसमा जनचतनाको कमी भएको चालिसेले बताए ।
रयालीमा कोसी अस्पतालका वरिष्ठ चिकित्सक डा. दिपक सिग्देल, मेसु डा. लक्ष्मी नारायण यादवलगायत सहभागी थिए । चिकित्सकहरुले मिनी म्यारथन शैलीमा जनचेतनामुलक ब्यानर बोकेर विराटनगर बजार परिक्रमा गरेका थिए ।
नेपालमा अहिले पनि धेरै मानिसहरु मानसिक समस्या भएर पनि उपचारको लागि अस्पताल र चिकित्सकको सम्पर्कमा पुग्न नसेको कोसी अस्पतालका मेसु यादवले बताए । उनले भने,“समाजिक रुपमा जनचेतना दिलाई परिवार जिम्मेवार बन्ने हो भने धेरैले उपचार पाई रोग ठिक हुने अध्ययनले नै देखाएको छ ।” बदलिँदो ं जीवनशैलीका कारण धेरै मानिसहरु मानसिक रोगको सिकार हुने गरेको चिकित्सक यादवको भनाई छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।