एमाले जिल्ला कमिटी सदस्य बिष्टले गरीन पार्टी परित्यागको घोषणा

एमाले जिल्ला कमिटी सदस्य बिष्टले गरीन पार्टी परित्यागको घोषणा

विराटनगर । नेकपा एमालेको मोरङ जिल्ला कमिटी सदस्य समेत रहेकी नेकपा एमाले पथरी शनिश्चरे नगरपालिकाकी पूर्व उपमेयर यमुना विष्टले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् ।

उनले शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । उनले स्ट्याटसमा लेखेकी छिन ‘अब धेरै भयो मेरो इमान निष्ठा सबै भन्दा ठुलो हो आज बाट नै पार्टीबाट बिदा हुने निर्णय गरे।’

टिकट वितरणमा असन्तुष्ट भएर पार्टी परित्याग गरेको हुनसक्ने एमालेका नेताहरूको भनाइरहेको छ । स्थानीय तहको निर्वाचनमा दोहरिने इच्छा राखे पनि टिकट नपाएपछि उनी रुष्ट बनेकी थिइन । पछिल्लो समय उनले प्रदेशसभा उठ्ने इच्छा राखेकि थिइन । प्रदेशसभामा पनि टिकट नपाउने सम्भावना बढेपछि विष्टले पार्टी परित्याग गरेको हुन सक्ने नेताहरू बताउँछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्