विराटनगर । प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठका ठाउँमा परिवर्तन राईलाई नियुक्त गरेको छ । राईको सपथग्रहण कार्यक्रम भोली (आइतबार)का लागि राखिएको प्रदेश १ मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको मन्त्रीपरिषद्ले यसअघि २०७८ मंसिरमा मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको थियो ।
श्रेष्ठको ठाउँमा खोटाङका अधिवक्ता परिवर्तन राईलाई नियुक्त गरिएको र भोली सपथग्रहण कार्यक्रम राखिएको बताइएको छ । राई प्रदेश १ सरकारले नियुक्ति गरेका मुख्य न्यायाधिवक्ताको तेस्रो नम्बरमा परेका छन् । दोस्रो नम्बरमा श्रेष्ठ थिए भने प्रथम मुख्य न्यायाधिवक्तामा तत्कालिन शेरधन राई नेतृत्वको सरकारले २०७४ चैतमा अधिवक्ता चुँडामणि आचार्यलाई नियुक्त गरेको थियो ।
आफैंले नियुक्त गरेका श्रेष्ठलाई राजीनामा गराएर राईलाई नियुक्ति गर्नुको कारण भने खुलेको छैन । यद्यपि श्रेष्ठ नियुक्ति हुने बेलामा राई र श्रेष्ठबीच दुवै जनालाई आधा–आधा कार्यकाल गर्ने सहमति भएको बताइएको छ । सोही अनुसार श्रेष्ठले राजीनामा दिएर राईलाई ल्याइएको बताइएको छ ।