विराटनगर । प्रदेश नं १ मा सुरक्षा निकायका लागि खरिद गरिएका स्कटीङ मोटरसाइकल हस्तान्तरण गरिएको छ ।
बुधवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित कार्यक्रममा सुरक्षाकर्मीलाई मोटरसाइकल हस्तान्तरण गरिएको हो । मोटरसाइकल हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेश सरकारले सडकको सुरक्षामा गम्भीर भएर काम गरिरहेको बताएका छन् ।
यस्तै आन्तरिक मामिला तथा मन्त्रीसन्त्री केदार कार्कीले अपराधलाई न्यूनीकरणका गर्नका लागि सुरक्षाकर्मीलाई मज्बुद बनाउनु पर्नेमा जोड दिए । मन्त्री कार्कीले सुरक्षाकर्मीलाई श्रोत साधन जुटाउन प्रदेश सरकार लागिरहेको उल्लेख गर्दै स–साना कदमबाटै अपराध न्यूनीकरण हुँदै जाने बताए ।
प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट खरिद भएका ६ थान मोटरसाइकल प्रहरीलाई हस्तान्तरण गरिएको हो । मोटरसाइकल ग्रहण गर्दै प्रदेश नं १ प्रहरी कार्यालयका प्रमुख सुदी गिरिले सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् । ट्राफिक प्रहरीलाई यातायात व्यवस्थापनमा कठिनाइ भइरहेको अवस्थामा प्रदेश सरकारको सहयोगले राहत पैदा भएको उनको भनाइरहेको छ ।