विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लंघन गरेको आवाज उठिरहेका बेला उपराष्ट्रपति नन्दबहादुर पुनले विज्ञप्ति प्रकाशन गरेर आफ्नो धारणा सार्वजनिक गरेका हुन्
उपराष्ट्रपति पुनले प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनेर आवाज उठ्नु दुःखद भएको उनको धारणा रहेको छ ।
बुधबार दिउँसो प्रकाशित विज्ञप्तिमा उनले भनेका छन्, ‘प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो ।’
उनले संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नरहेको उल्लेख गरेका छन् ।