संखुवासभा । जिल्लाको मादी नगरपालिका ४ मा रहेको पाथीभरा मन्दिर परिसरमा संविधान दिवसको अवसरमा मेचीमहाकाली सफाइ अभियान र स्थानीयको सहकार्यमा सरसफाइ गरिएको छ ।
कार्यक्रममा धुपी, सल्लोका बिरुवा साथै मन्दिर परिसरमा सफाइ गरिएको छ। पाथीभरा मन्दिरको स्थापना २०७१ सालमा गरिएको हो । मातृका सुवेदी र चेवनकुमारी सुवेदीले आफ्नो परिवारका आग्रजहरुको सम्झनामा मन्दिर निर्माण गरेका हुन् । यस मन्दिर प्रचारप्रसारको अभावले पछाडि परेको छ ।
मेचीमहाकाली सफाइ अभियानले यसको प्रचार प्रसार गर्ने र नेपालीहरुको महान चाड वडादशैंको उपलक्ष्यमा जमरा राख्ने कार्यक्रम गराउने कार्यक्रम रहेको अभियानका अभियान्ता सरोज कोइरालाले बताए ।

