पाँच बटा निर्वाचन क्षेत्र बाट नाम सिफारिस भएकी आरजु समानुपातिकमा

पाँच बटा निर्वाचन क्षेत्र बाट नाम सिफारिस भएकी आरजु समानुपातिकमा

विराटनगर । पाँच बटा निर्वाचन क्षेत्र बाट नाम सिफारिस भएकी नेपाली काँग्रेसले केन्द्रीय सदस्य आरजु राणा देउवालाई पाटीले प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने भएको छ ।

उनको कैलाली ५, कञ्चनपुर, बर्दिया, बागलुङ सहित पाँच स्थानबाट नाम सिफारिस भएको थियो । काँग्रेसले सोमबार निर्वाचन आयोगलाई बुझाउने प्रतिनिधिसभाको समानुपातिकतर्फ सुदूरपश्चिम प्रदेशको खस आर्य महिलामा आरजुको नाम सिफारिस गरिएको स्रोतले बतायो ।

काँग्रेसले अन्तिम समयमा आएर उनको नाम समानुपातिकमा समावेश गरेको छ ।

मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिकतर्फ उम्मेदवारको नाम समेटिएको बन्द सूची बुझाउने मिति तोकेको छ । समानुपातिकतर्फ बन्द सूचीलाई अन्तिम रूप दिन अहिले काँग्रेस केन्द्रीय संसदीय समितिको बैठक चलिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले क्लस्टरअनुसार आठ सह महामन्त्रीले सूचीलाई फाइनल गर्दै छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्