विश्वराज अधिकारीको मेघदुतमा के छ ?

 ममता मृदुल

विषय प्रवेशः

विश्वराज अधिकारीको जन्म छतौना सर्लाहीमा २०१५ सालमा भएको थियो । हाल अमेरिकाको अक्लोहोमा सिटीमा बस्छन् । नेपाली भाषा साहित्यमा स्थापित स्रष्टा विश्वराज अधिकारीका प्रकाशित कृति ४० वटा छन् । प्राध्यापन पेशा अङ्गालेर अमेरिकाको ओक्लहोमा बसे भएपनि नेपाल प्रतिको अगाध प्रेम छचल्केको हामीले पाएका छौँ। नेपाल बस्ने स्रष्टाले आफ्नो देशको कला साहित्यको बारेमा सोच्न नसकेको अवस्थामा विश्वराज अधिकारीले साहित्यकारलाई संसारभरि चिनाउने अग्रदूतका रुपमा काम गरिरहेको स्रष्टाको रूपमा लिइन्छ । भाषा साहित्यको उत्थानको लागि अहोरात्र खट्ने स्रष्टाको रूपमा चिनेकी छु । आजको मान्छे आफ्नो बाहेक अरुको तारिफ सुन्न चाहदैन । समय भएपनि भ्याउदिन भन्छ । अति व्यस्त छु भन्न खोजिरहेको हुन्छ तर अति व्यस्त जीवनशैलीको बावजूद पनि विश्वराज अधिकारीले नेपाली भाषा साहित्य र साहित्यकारलाई संसार भरि चिनाउने कार्य गर्नु उच्च सोच हो भन्ने लाग्छ ।

विश्वराज अधिकारीको सर्वाधिक प्रिय विधा कथा अथवा आख्यान र कला संस्कृति नै हो । महाभारत, गीता, रामायणका हरेक पंक्तिलाई सरल रूपमा उच्चारण गरेर विश्लेषण गर्ने क्षमता जो कोहीमा हुँदैन । कथानक नेपाली भाषा साहित्यमा संस्कृत र नेपालीको संयोजनबाट पुस्तक सुरु भएको छ । नेपाली साहित्य जगतमा अनवरत कलम चलाउने स्रष्टा विश्वराज अधिकारीले लेखेको कृति ‘मेघदुतमा के छ’ पुस्तकभित्र रमाउन बेग्लै रमाइलो छ ।

पुस्तक नपढी यसको आनन्द लिन सकिन्न । कालिदास र यौन चेतनामा मान्छेलाई जीवनमा धेरै कुराको आवश्यकता पर्छ । सलिम अनारकलीको प्रेम कथामा पाउनु र गुमाउनुको बीचमा रुमलिएको जीवन छ । फ्रोएडको धारणामा त्योभन्दा पर पनि केही छ भन्ने कुरा छ । कालिदासले लेख्नुभएको मेघदुत एउटा प्रेमकथा हो । पूर्वीय चिन्तनको इतिहास बोकेको मेघदुत आँफैमा सुन्दर छ । प्रेमयुक्त काव्य हो जस्को बारेमा जति लेखेपनि कम हुन्छ । नगरवधू वसन्तसेना र आम्रपाली भित्र यौन र प्रेम शब्दलाई सुन्दर रूपमा लेखिएको छ । प्रेम सुन्दर मनभित्र पसेको शब्द हो जीवनको अनेक पीडालाई पल भरमा बिर्साउने शब्द भन्ने लाग्छ । यो पुस्तकभित्र पसेपछि पढ्दै जाँदा प्राकृतिक प्रेम एउटा जन्मदाताले आफ्ना सन्तानलाई गर्ने प्रेम र अर्को स्त्री र पुरुषबीचमा गर्ने प्रेम हो । प्रेम त प्रेम हो प्रकृतिले सिकाउँछ हामीलाई प्रेम गर्न नत्र भर्खर जन्मेको बच्चाले कसरी जान्दछ ।

यो पनि त सत्य कुरा हो । छोराछोरीले आफ्ना आमा बालाई गर्ने प्रेम चाहिँ उनिहरुले सामाजिक व्यवहारबाट सिक्छन । प्रमिल स्पर्शबाट थाहा पाउँछन् । आमा बुवाको चुम्बकीय प्रेमले साचो प्रेम गर्न सिकाएको हुन्छ । यो सत्य हो । जन्मदाताको माया पनि प्राकृतिक नै हुन्छ । दुर्वासा ऋषिले कुन्तीलाई दिएको बरदानले कुन्तीको जीवन बदलिएको छ ।

सत्यवतीको जन्म पछि घटेका घटनाले धेरै कुरा बुझाएको छ । राजा सन्तनु र सत्यवतीको प्रेमका बारेमा हामीले धेरै हजुरआमाको मुखबाट सुनेका कथा पढ्नुको मजा बेग्लै छ । वैदिक काल हिन्दु समाज तेस्रो लिङ्गीप्रति उदार थियो । यो पुस्तकले दिएको ज्ञानका कुराले आजको हाम्रो भेदभावले भरिएको समाजलाई शिक्षा दिएको छ । हामीले के गर्दैछौँ भन्ने कुरालाई सहज रूपमा बुझ्नुपर्छ । मानवबीचको प्रेम जहिले पनि सुन्दर रूपमा मान्नुपर्छ । एक अर्कामा सद्भाव राख्नु पर्छ भन्ने कुराको सन्देश बोकेको पुस्तक रहेको छ ।

निष्कर्ष

प्रेम मानव जीवनमा नभइ नहुने कुरा हो । प्रेम बिनाको जीवनको कल्पना गर्न सकिदैन भन्ने कुरा यहाँ रहेको छ । इतिहासमा प्रेम कसरी गरिएको छ । सन्तान प्रति गरिएको र स्त्री पुरुषबीचको प्रेम कस्तो हुन्छ भन्नेकुराको बास्तबिकता यहाँ सरल रूपमा देखाउन खोजिएको छ । विश्वराज अधिकारीभित्र भएको एकाग्रता इतिहास प्रतिको प्रेम संस्कारयुक्त जीवनयापन, संस्कृतिको अविछिन्न खोज, क्रियाशीलताको सुन्दर परिणाम हो मेघदुतमा के छ ? पुस्तक लेख्न सजिलो छैन गहन अध्ययन बिना सम्भव पनि छैन पुस्तक एक पटक पढेर मन अघाउँदैन तीन पटक पढे । धेरै कुरा सिकाएको छ । समग्रमा यो पुस्तक उत्कृष्ट रहेको छ ।

शनिबार, ०१ असोज, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर