विराटनगर । प्रतिनिधि सभाको यो कार्यकालको अन्तिम संसद् बैठक आज बस्दैछ ।

आज राति १२ बजे देखी प्रतिनिधि सभाको कार्यकाल सकिँदै छ। २०७४ मा निर्वाचित सांसद्हरुको दिउसो एक बजे बस्ने छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको कार्यकालको जारी अधिवेशन अन्त्य गर्न शुक्रबार राष्ट्रपति विद्यादेवी भणडारीलाई सिफारिस गरिसकेको छ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको बन्दसूची पेस गर्ने कार्यतालिका असोज २ र ३ मा रहेकाले असोज १ सम्म कार्यकाल मानेर सदनका पछिल्लो बैठकमा बोल्ने सांसद्हरुले विदाइ सम्बोधन गर्ने गरेका थिए ।