विराटनगर । गोग्राहा वचत तथा ऋृण सहकारी संस्था लि.विराटनगर मोरङको १२ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले मनोजकुमार बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति पनि गठन गरेको छ ।

चार वर्षका लागि गठन भएको कार्यसमितिको उपाध्यक्षमा हिरा निरौला, सचिवमा अञ्जना श्रेष्ठ, कोषाध्यक्षमा संजिवकुमार अधिकारी र सदस्यहरुमा क्रमशः वेणु पौडेल, बमप्रसाद आचार्य, नरेन्द्र भट्टराई, विजेन्द्र कर्ण, कृष्ण गौतम सर्वसम्मतबाट चयन भएका छन् । यस्तै चुनावी प्रक्रियाबाट महिला सदस्यहरु कल्पना घिमिरे र उमा घिमिरे निर्वाचित भए ।

त्यस्तै लेखा समिति संयोजकमा सोमराज पौडेल, सदस्यहरुमा राजकुमार दास र प्रदिप न्यौपाने, ऋृण उप–समितिमा समिर निरौला र विनोद श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।