वर्ल्ड्लिङ्क र नेटटिभीको दशैँ अफर : स्मार्टटिभी, नेटटिभी र इन्टरनेट अब एकैठाउँमा

वर्ल्ड्लिङ्क र नेटटिभीको दशैँ अफर : स्मार्टटिभी, नेटटिभी र इन्टरनेट अब एकैठाउँमा

विराटनगर । नेपालको सबैभन्दा ठुलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वल्र्डलिंक नेपालको पहिलो एण्ड्रोइड सर्टिफ़ाइड आइपीटिभी सेवा प्रदायक नेटिभीले इन्टरनेट र टिभीका आकर्षक अफरहरु सार्वजानिक गरेको छ ।

वल्र्डलिंक २०० एमबिपिएसको मासिक १०५० र ३०० एमबिपिएसको मासिक १३०० का आकर्षक अफरहरु सार्वजानिक गरेको हो । यस्तै नेपालमा नै पहिलो पटक ‘२ राउटर अफर’ पनि ल्याएको छ । जस अन्तर्गत ग्राहकहरुले वल्र्डलिंक इन्टरनेटसँगै नोकियाको डुअल व्याण्ड राउटरसँग नोकियाकै मेस राउटर विकन निःशुल्क प्राप्त गर्न सक्नुहुनेछ।

नेटटिभी अफर अन्तर्गत वल्र्डलिंकको इन्टरनेटमार्फत नेटटिभी चलाइरहनु भएको अथवा नयाँ जडान गर्ने ग्राहकहरुले भ्याटबाहेक १५ हजार रुपैयाँमा एक वर्षको नेटटिभी पाउनुको साथै ३२ इञ्चको यसुदाको एलइडी टिभी प्राप्त गर्न सक्नुहुनेछ भने भ्याटबाहेक २९ हजार २९९ रुपैयाँमा ४३ इञ्चको यशुदाको स्मार्ट टिभि पाउनुहुनेछ । दुवै टिभीमा तीन वर्षको वारेन्टी हुनेछ । दशैँ अफर नयाँ र पुराना दुबै ग्राहकहरुले प्राप्त गर्न सक्नुहुनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्