मोरङ क्षेत्र नम्बर ५ : शिवकुमार मण्डलको विकल्प कोही छैन

 चन्द्रप्रसाद अधिकारी

मोरङमा माओवादी भूमिगत कालदेखि नै सक्रिय राजनीति गर्दै आएका माओवादी नेता शिवकुमार मण्डल मोरङमा परिचित नाम हो । एक सरल, सफल, इमानदार, विश्वासी, जनताको दुःखसुखमा साथै रहने र जनताको काममानै रमाउने थोरै नेतामध्ये एक हुन् । जस्तोसुकै कठिन परिस्थितिमा पनि आफूलाई सरल र सफल तरिकाले प्रस्तुत गर्ने मण्डलको एउटा लोभलाग्दो विशेषता हो । कहिले पनि माओवादी आन्दोलनबाट अविचलित नेता हुन् उनी ।

एकपटक मात्र ६ महिना आपूर्ति मन्त्री हँुदा मण्डलले खेलेको भूमिकानै आज चुनाव जित्ने उनको दह्रो हतियार भएको छ । उनी अहिले फेरि भूमिहिन जनतालाई १०० भन्दा बढी घर बनाएर बसोबासको प्रबन्ध गरेर आफ्नो लोकप्रियतालाई बरकरार राख्न सफल भएका छन् । मोरङको क्षेत्र नम्बर ५ का वर्तमन संघीय सांसद पनि हुन् उनी । उनी जस्ता देश र जनताका लागि केही गरांै भन्ने युवा नेतालाई यो देशको कार्यकारी प्रधानमन्त्री जस्तो गरिमामय ठाउँमा पु¥याउन मोरङ क्षेत्र नम्बर ५ का जनता अहिले कम्मर कसेर उनलाई आगामी मंसिर ४ गते हुन लागेको चुनावमा जिताउन लागेका छन् । आखिर के छ मण्डलमा त्यस्तो क्षमता ?

उनी मोरङका मात्रै होइनन् पूर्वकै स्थापित माओवादी नेता हुन् । पदीय दायित्वले अरु नेताहरु उपल्लो तह र भूमिकामा भएपनि मण्डलको विकल्प अहिलेनै माओवादीले खोज्न हुँदैन र खोज्दैन । विराटनगर नेपालको पुरानो सहर हो यहाँबाट थुप्रै प्रधानमन्त्री र मन्त्रीहरु भएपनि मोरङले विकासमा कोल्टे फेर्न सकेन । यहाँबाट धेरै सांसद, मन्त्री र प्रधानमन्त्री भएका नेता छन् तर सबैले विराटनगर र मोरङको विकासमा खासै ध्यान दिएको पाइएन । एमाले र कांग्रेसबाट पनि कैयौं प्रधानमन्त्री र मन्त्री भए तर मोरङ भने झन्झन खस्किएको छ ।

निर्वाचन क्षेत्र विराटनगर आसपास भएपनि ती नेताहरुले मोरङको विकासमा कुनै योगदान दिएको देखिदैन । त्यसैले विराटनगर अहिले नेपालको सहरहरुमा पछिल्लो स्थानमा झर्दैछ । यी सबै विषयहरुलाई हेर्दा अब एकपल्ट पूर्वकै सम्भावना बोकेका नेताको युवा नेता शिवकुमार मण्डल हुन् भन्न कुनै समस्या छैन । उनको क्षेत्रका बासिन्दाहरु यस विषयमा प्रष्ट भएको मैले पाएको छु । हिजो स्थानीय तहको निर्वाचनमा कसैले काँग्रेस र एमालेमा मत हालेपनि संघीय निर्वाचनमा मण्डलको विकल्प खोज्ने पक्षमा छैनन् स्थानीयबासी । त्यसैले उनीहरुले संघीय निर्वाचनमा मण्डलको उम्मेदवारी रहने भन्दै पक्षमा क्याम्पेन सुरुगरिसकेका छन् ।

आज मोरङका सबैलाई अप्ठ्यारो पर्दा मण्डललाई नै सबै काँग्रेस र एमाले पार्टीका नेताले पनि खोज्ने गर्छन् किनकी उनको छुट्टै एउटा क्षमता छ । र सोही क्षमताले गर्दा जस्तोसुकै काम पनि उनी सरल र सहज तरिकाले गर्न सक्छन् । माओवादी भूमिगतकालमा राजनीति सुरु गरेका मण्डलले यहींबाट हरेक आन्दोलनको नेतृत्व गरे । एउटा समन्वयकारी नेताका रुपमा उनी स्थापित भए । तर, उनले सरकारको कार्यकारी भूमिकामा बसेर थोरै समयमात्र काम गर्ने अवसर पाए । छोटो समयमा उनको योजना लागू गर्ने अवस्था थिएन । उनी सबै साथीहरुको साथ र सहयोगले नीति निर्माण गर्ने भूमिकामा पुगेले फेरिपनि साथीहरुकै सहयोगमा अघि बढ्ने बताउँछन् ।

युवा उमेरका क्रियाशील नेताहरु अमनलाल मोदी, लाल बहादुर सुस्लिङ मगर, कुशल लिम्बू, गणेश उप्रेतीआदिको सँधै साथ रहेको र आगामी दिनमा पनि साथ रहने उनको विश्वास छ । सबैको साथ रहँदा प्रदेश १ मै महत्वपूर्ण भूमिका खेल्न सकिने उनको आत्मविश्वास पनि छ ।
उनी भन्छन् ‘मैले नाम लिएका सबै मेरा साथीहरूले आगामी चुनावमा जितेको खण्डमा मोरङको विकासलाई कसैले पनि रोक्न सक्दैन ।’ मण्डल मोरङकै हरेक विषयमा चासो राख्छन् र बजेटका लागि पनि पहल गर्छन् । तर, उनी आफूले गरेको काम प्रचार गर्दैनन् । जसका कारण उनले गरेका कैयौं जनमुखी काम ओझेलमा पर्ने गरेका छन् । आखिर किन त उनी काम मात्रै गर्छन् प्रचार गर्दैन त ? उनी भन्छन् ‘म जनताको काम गर्न आएको एउटा सेवक हँु प्रचारक होइन ।’
मोरङले यसपटक पनि उनलाई जिताएर उनको विकासका लागि उनको भूमिकालाई सदुपयोग गर्नुपर्छ । उनी दयालु, मायालु र कोमल हृदय भएका हुनाले चाँडैनै अरुलाई विश्वास गर्दै सहयोग पनि गर्छन् र उनीबाट धेरैले सहयोग पनि लिएका छन् । अन्य दलका राजनीतिक व्यक्ति र समुदायले उनलाई विश्वास पनि गर्दछन् । त्यसले पनि मोरङको राजनीतिमा मण्डलको भूमिका आवश्यक ठानेको ठहर्छ । त्यसैले जनताको तर्फबाट उनलाई फेरि एकपटक काम गर्ने अवसर दिनुपर्छ र विकासको ढोका खुल्लै राख्नुपर्छ ।

आइतबार, २६ भदौ, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर