समाजसेवी गोयललाई सम्मान

विराटनगर । वरिष्ठ समाजसेवी दिनबन्धु गोयललाई विशेष सम्मान गरिएको छ । मोरङको कानेपोखरी गाउँपालिका – ६ रमाइलो बजारमा बृद्धबृद्धा चौतारी समाज समितिले बिहीबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।

सामाजिक क्षेत्रमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै गोयललाई विशेष सम्मान गरिएको बृद्धबृद्धा चौतारी समितिका अध्यक्ष उपेन्द्र बहादुर कार्कीले बताए । समाजसेवी गोयलको ७५ औँ वर्षमा पुगेको अवसर पारेर बृद्धबृद्धा चौतारी समितिले सम्मान गरेको हो ।

समाजसेवी गोयलले रमाइलो बजारमा सर्वसाधारणले पिउने शुद्ध खानेपानी जडान गरिइदिनुको साथै मठ मन्दीमा पनि सहयोग गरेका थिए ।
कार्यक्रममा बोल्दै समाजसेवी गोयलले रमाइलोमा बन्दै गरेको ज्येष्ठ नागरिक बस्ने भवन निमार्णमा पनि सहयोग गर्ने घोषणा गरेका छन् । एक कट्ठा क्षेत्रमा अहिले एक तालको भवन निर्माण भएको छ । यस भवनलाई थप स्तर उन्नति गर्दै लैजाने तयारी गरिएको छ । कानेपोखरी गाउँपालिका भित्रका ८० देखि ८५ जना ज्येष्ठ नागरिकहरू रमाइलो बजारमा भेला भएर भजन कीर्तन गरी रमाइलो गर्दै आएका छन् ।
कार्यक्रममा भवन निर्माणको लागि स्थानिय डम्बरबहादुर श्रेष्ठले २५ हजार रुपैयाँ सहयोग प्रदान पनि गरेका थिए ।

बिहिबार, १६ भदौ, २०७९, रातीको ०८:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर