दमक । प्रदेश १ का कृषिमन्त्री झलकसिंह दर्लामीले झापाको कमल गाँउपालिका वडा नं. ६ मा रहेको पूजा सामाग्री उत्पादन गर्ने कृषि फर्मको अवलोकन गरेका छन् ।
उनले यसलाई प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै यो काम नमुना भएको बताए । ‘यहाँहरुले गरेको काम फरक र नुमना छ’, उनले भने ।
दिव्य दृष्टि भनेरेसन एण्ड एग्रो कन्सर्न प्रा.लि.को पूजा सामाग्री उत्पादनस्थलमा मन्त्री मगर पुगेका थिए । ‘पूजा सामाग्रीहरुमा अधिकाँश कृषि उत्पादनको प्रयोग हुँदो रहेछ र यो फरक किसिमको काम देखेर खुसी लाग्यो,’ उनले भने ।
पूजा सामाग्रीको रुपमा प्रयोग हुने तील, जौलगायतका सामाग्रिहरु उत्पादनको विषयमा पनि उनले चासो राखेका थिए । ‘यहाँका किसानहरुलाई जोडेर के गर्न सकिन्छ त्यस विषयमा पनि सोच्नु होला,’ मन्त्री मगरले किसानलाई भने ।
पूजा सामाग्री शुरुवातमा पूर्वी नेपाल र मुलकलाई नै आत्मनिर्भर बनाउने उद्देश्यले नवग्रह समिधा, जटिबुटिजन्य हवन सामाग्री, नेपालको पहिलो उत्पादन परिमल, गोमुत्र, गंगाजल, सप्तधान्य, मह, बाटेको धुपलगायतका सामाग्रीहरु यहाँ उत्पादन तथा प्रशोधन र प्याकेजिङ हुँदै आएको छ ।
फर्मका सञ्चालक यज्ञ प्रसाद आचार्य र विष्णुप्रसाद पोखरेलले फर्मको विषयमा जानकारी गराउँदै प्रत्यक्ष र अप्रत्यक्ष गरेर ५० भन्दा बढीले रोजगार पाइरहेको जानकारी गराए । गो मुत्र प्रशोधन केन्द्र स्थापना गर्ने उद्देश्य अनुरुप काम भइरहेको समेत सो अवसरमा फर्मका सञ्चालकले जानकारी गराएका थिए । उक्त कार्यमा सहयोग गर्न मन्त्रीलाई उनीहरुले आग्रह गरे ।
पूजा सामाग्रीको रुपमा प्रयोग हुने घर आँगनमा पाईने दुबो, कुष, अपमार्ग जस्ता सामाग्रीसमेतमा भारतमा आत्मनिर्भर हुनु पर्ने अवस्था रहेको भन्दै नेपाल भर आफ्ना उत्पादन पुर्याउन सहयोग गर्न प्रदेश सरकारसँग उनीहरुले माग पनि गरे ।