विरामीको मृत्युपछि मकालु हस्पिटल तोडफोड, शल्यक्रियामा लापरबाही गरेको आरोप

विराटनगर । विराटनगर– ९ गुद्रीको एक जना बालकको उपचारमा लापरबाही गरेको भन्दै विरामीको मृत्यु भएपछि विराटनगरस्थित मकालु एभरेष्ट हस्पिटल तोडफोड गरिदिएका छन् ।

हस्पिटलका चिकित्सकलले शल्यक्रियामा लापरवाही गरेको कारणले विराटनगर ९ गुद्रीका ७ वर्षीय विराट पासवानको मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले हस्पिटल तोडफोड गरेका हुन् ।

पासवानको एपेन्डिसाइटको मकालु हस्पिटलमा गत वैशाख २८ गते हस्पिटलका जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. अमिर अफाकले शल्यक्रिया गरेका थिए । शल्यक्रिया भएपछि जेठ ५ गते डिस्चार्ज दिएको थियो । विरामी पासवानलाई ज्वरो र वान्ता आएपछि बिहीबार मकालु हस्पिटल लगिएको थियो । डा. अफाकले विरामीको अवस्था सिकिस्त भएको भन्दै न्युरो हस्पिटलमा रेफर गरिदिएका थिए । बालक पासवनको उपचारको क्रममा शुक्रबार ३ बजे मृत्यु भएको हो ।

एपेन्डिसाइटको अप्रेशन गर्दा डा. अमिर अफाकले लापरबाही गरेको कारणले छोराको अहिले मृत्यु भएको मृतकका बावु विष्णु पासवानले बताए । ‘छोरा विरामी भएपछि पहिला उपचार गरेकै मकालु हस्पिटल लिएर आए । अस्पताल आउँदा चिकित्सक पनि ढिलो गरी आउनुभयो । त्यसबेलामा सम्म छोराले बान्ता गरिरहेको थियो । तीन महिना अगाडी छोराको पेटको शल्यक्रिया राम्रोसँग नगरेको कारणले यस्तो समस्या आएको हो,’ बावु विष्णु पासवानले भने, ‘सिकिस्त भएपछि छोरालाई अर्को हस्पिटलमा रेफर गदियो । त्यसपछि छोराको ज्यान गयो ।’ सुरूमा मकालु हस्पिटलले राम्रोसँग शल्यक्रिया नगरेको कारण र चिकित्सकको लापरवाहीले छोराको मृत्यु भएको उनलेको भनाई छ । छोराको उपचारमा लापरवाही गर्ने मकालु हस्पिटलका चिकित्सकलाई कारवाही गरिनुपर्ने उनले बताए ।

यता उपचारमा संलग्न चिकिस्तक डा. अमिर अफाक उपचारमा कुनै पनि लापरबाही नगरेको दाबी गरेका छन् । ‘तीन महिना अगाडी शल्यक्रिया राम्रोसँग गरेको हो । अहिले बच्चालाई बान्ता र ज्वारो आउन थालेपछि हस्पिटल लिएर आउनुभएको थियो । बच्चाको समस्या भएको कारणले मैले अर्को हस्पिटलमा रेफर गरेको हो,’ डा. अफाकले भने, ‘मेरोतर्फबाट र हस्पिटलबाट कुनै पनि लापरवाही भएको छैन ।’

हस्पिटल तोडफोड गरेको भन्दै चार जना पक्राउ

विरामीको मृत्यु भएपछि आक्रोशित भिडले मकालु हस्पिटल तोडफोड गरिदिएपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विराटनगर ‘क’ ले शुक्रबार दिउँसो मृतकका चार जना आफन्तहरू पक्राउ गरेको हो ।हस्पिटल तोडफोडमा संललग्न भएको भन्दै प्रहरीले रमन मण्डल, सज कुमार कमात, सीतसलाई पक्राउ गरेको मृतकका आफन्तहरूले बताएका छन् । पक्राउ परेका चार जना युवाहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ ।

शुक्रबार, १० भदौ, २०७९, दिउँसोको ०३:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर