विराटनगर । देशभर थप ८६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता समीरकुमार अधिकारले बुधवार दिएको जानकारीअनुसार ६ हजार ७०५ जनामा कोरोना परीक्षण गर्दा ८६८ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४१४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकाभित्र ३०० जनामा संक्रमण पुष्टि भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८८५ रहेको छ ।
मन्त्रालयका अनुसार साउन १ गते संक्रमण दर ४५ रहेकोमा बुधवारसम्म बढेर १३५ संक्रमण दर पुगेको छ ।