महिलाको पाठेघरबाट १० किलो ट्युमर निकालियो

विराटनगर । विराट नर्सिङ होम विराटनगरमा ३९ वर्षीया एक महिलाको पाठेघरबाट ९ किलोभन्दा धेरै तौलको फाईब्रोड नामक ट्युमर शल्यक्रिया गरी निकालिएको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका ४ घर भएकी महिलाको विराटका डा.ज्ञानेन्द्रमान सिंह कार्कीको नेतृत्वमा सफल शल्यक्रिया भएको हो ।

करिब १ घण्टा २० मिनेट लगाएर गरिएको शल्यक्रियाबाट ९ किलो २ सय ग्राम तौलको मासु निकालिएको हो । शल्यक्रियामा कार्कीसहित डा.भानु न्यौपाने, डा.बातसल्य अर्याल, डा.फारिदा खातुनलगायतको टिम सहभागी रहेको अस्पतालले जनाएको छ ।

आफ्नो ३५ वर्षको करियरमा यत्रो ठूलो ट्युमर नदेखेको डा.कार्कीले बताएका छन् । सयौं अपरेशन गरियो तर हेर्दा सामान्य देखिने भएपनि जटिल र धेरै ठुलो मासुको थुप्रो लिएर ती महिला कसरी अस्पतालसम्म आइन् भन्ने अचम्म लागेको उनको भनाइ छ ।

परिवारका अनुसार विगत २ वर्ष अघि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा नियमित चेक गर्दा ५–६ सेमी साइजको मासु पलाएको रिर्पोट आएको थियो । कोरोनाको कारणले पुनःउपचार र चेकजाँच नगरि बसेपनि पेटमा कुनै समस्या नरहेकोमा बिस्तारै पेट बढ्दै गएको थियो । तर, मोटाएको जस्तो महसुस भएपनि कुनै अफ्ठ्यारो नभएकोले घरमै बसिरहेकी महिला धेरै मोटाएपछि विराटमा आएर चेकजाँच गर्दा ३०÷४० सेमी साईजको ट्युमर देखिएको थियो ।

अस्पतालले शल्यक्रिया नगरी अरु उपाय नभएको बताएपछि शल्यक्रिया गरेको आफन्तले बताएका छन् ।

बिहिबार, १९ साउन, २०७९, बिहानको ०७:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर