कोरोना भाइरसको सङ्क्रमणबाट दुई महीनापछि एक जनाको मृत्यु

विराटनगर । कोरोना भाइरसको सङ्क्रमणबाट दुई महीनापछि एक जनाको मृत्यु भएको छ। कोरोना महामारीको तेस्रो लहर कम भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको थियो ।

यसअघि कोरोना सङ्क्रमणबाट वैशाख २४ गते एक जनाको मृत्यु भएको थियो।

त्यसयता कोरोना सङ्क्रमणबाट कसैले ज्यान गुमाउनुपरेको थिएन। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५३ पुगेको छ।

त्यस्तै, आइतबार थप १३५ जनामा कारोना देखिएको छ। देशभर तीन हजार ४१ स्वाब परीक्षण गर्दा १३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आइतवार ५९ जना निको भएका छन्।   योसँगै सक्रिय संक्रमितको संख्या एक हजार ४३९ पुगेको छ।

आइतबार, ०१ साउन, २०७९, दिउँसोको ०४:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर