इन्द्र नेउपाने
सोमबार विराटनगर गुरुकुलमा पर्यटन तथा संस्कृति मन्त्रालय ले प्रदेशका श्रष्टाहरू सम्मानित गर्ने कार्यक्रम सम्पन्न गरेको छ । सम्मानित हुने सबै कलाकार ज्यूहरूलाई बधाई ।
प्रदेश सरकारको आयोजनामा भएको कार्यक्रम भव्य होला भनेर अन्यत्रका समय मिलाएर कार्यक्रम स्थल पुग्यौं, गेटमै मैथिली समाजको विरोध धर्ना रहेछ । मैथिल समाज साहित्य नाट्य क्षेत्रलाई सरकारले बेवास्ता गरेको उनीहरूको आरोप थियो । कार्यक्रम स्थलमा कलाकर्मका राष्ट्रिय व्यक्तित्वहरू भेटन पाउँदा एकातर्फ व्यक्तिगत खुसी थियौं हामी । तर जब ११ बजे सुरू हुने भनिएको कार्यक्रम २ बज्न लाग्दा सुरू भयो (मुख्यमन्त्री नआएका कारण) कलाकारहरू आक्रोशित बनेका थिए । केही साहित्यकारहरू कार्यक्रम छाडेर भानु जयन्ती मनाउन अन्यत्र निस्किए ।
प्रदेशको कला संस्कृतिको कार्यक्रममा मुस्किलले आधा प्याराफिट मानिस हुँदा चित्र लज्जित छँदै थियो । अझ दर्शकदीर्घामा बस्नु भएको १ नम्बर प्रदेशका पूर्व प्रदेश प्रमुख प्रा.डा.गोविन्द सुब्बा ज्यूलाई मञ्चमा नबोलाएर आयोजकहरूले जुन अपमान गरेकाछन् । यो आपत्तिपूर्ण थियो र लज्जित थियो । खेम नेपाली ज्यूले प्रेसर दिनुभयो । धन्यवाद खेम जी ।
कार्यक्रममा विराटनगरमै बसेका प्रसिद्ध गायक रामा मण्डल, नेपाली भाषा र साहित्यमा अन्तर्राष्ट्रिय नाम कमाइरहेका अभयवादका खोजकर्ता कवि दिपक सुबेदी, नेपाली साहित्यका राष्ट्रिय व्यक्तित्व धनकुटे कान्छा, प्रसिद्ध लोक गायक, एल पी जोशी, वरिष्ठ लोक गायक सिताराम ताजपुरिया, कवि खगेन्द्र नेउपाने, सङ्गीतकार आनन्द सुब्बा, कवि केशव आचार्य, गायक साजन राई, गीतकार रमेश कार्की, लगाएल कैयांै कलाकार र कविहरू कार्यक्रम स्थलबाट ५० किलोमिटर वरपर भएर पनि उपस्थित पाइएन । खवर नभएर होला । प्रदेशका भाषाशास्त्री स्व.प्राध्यापक बालकृष्ण पोख्रेल ज्यूप्रति न सम्झना गरियो न उहाँको परिवारलाई सम्मान । जो कार्यक्रमको प्रमुख पुरस्कार विधा व्यक्तित्व हुनुहुन्थ्यो । नाटककार बिक्रम श्री भन्दै हुनुहुन्थ्यो भानु जयन्तीको कार्यक्रम भानुको न तस्विर छ, न कतै शब्द सम्झना, दुःख लाग्यो । चित्रहरू यस्तै थिए । नरमाइला ।
यस प्रदेशका जनसंस्कृतिहरू धिमाल, संथाल, राजबंशी, ताजपुरिया, थारूलगायत कसैलाई औपचारिक खवर थिएन रहेछ । सायद कोही देखिएन । समग्रमा यो झाराटराइ कार्यक्रम थियो । बरू एउटा कुनै साहित्यिक या सांस्कृतिक संस्थालाई कार्यक्रम गर्ने जिम्मा दिएको भए गौरवान्वित र भव्य हुन सक्थ्यो । हामीलाई थाहा छ यो कार्यक्रम कुनै दलको या सरकारको अन्य राजनीतिक क्षेत्रको भएको भए निश्चय व्यवस्थित र भव्य हुने थियो । सम्पूर्ण कलाकर्मीहरू जिन्दावाद । कलाकर्मी एक हौं । सरकारले कलाकारहरूलाई अर्को दर्जाका र मगन्ते नसम्झियोस् । अव्यवस्थित कार्यक्रम मुर्दावाद ।