गुरु पूर्णिमा र महत्व

 गौरव चापागाईं

यसवर्ष गुरु पूर्णिमा जुलाई १३, २०२२ मा छ । त्यो असार २९, २०७९ हो । ‘गुरुरब्रम्हा गुरुरबिष्णु गुरुरदेवो महेश्वर, गुरुरसक्षात् परमब्रम्हा तसमैश्री गुरुबे नमः ।

हामीलाई शिक्षा दिएर सहि बाटो देखाउने गुरुहरुमा नमन !

हाम्रो संस्कार र संस्कृतिमा पनि गुरुको स्थान उच्च मानिन्छ । हाम्रो पहिलो गुरुनै हाम्रो मातापिता मानेर देवताको स्थानमा राखेर पुज्छांै । स्कुल होस्, कलेज वा विश्वविद्यालय, वा अरु कुनै कला मन्दिर जहाँ पनि गुरुले नै शिक्षा प्रदान गर्छन् ।

के हो गुरु पूर्णिमा भनेको ?

यो पर्व परम्परा गतरूपमा हिन्दु महिना आषाढको पूर्णिमाको दिन मनाइन्छ । गुरु पूर्णिमा एक परम्परागत हिन्दु उत्सव हो, प्रवुद्ध आध्यात्मिक गुरुहरूलाई समर्पित अन्यथा गुरुहरू भनेर चिनिन्छ । यो शुभदिन हिन्दु महिना आषाढ (जुलाईदेखि अगस्ट) मा ग्रीष्म संक्रांतीपछि पहिलो पूर्णिमामा पर्दछ । यसलाई भारत, नेपाल र भुटानमा हिन्दु, जैन र बौद्ध धर्मावलम्बीहरू लेमनाउने गर्छन् । यसदिन, साधकहरूले आफ्ना गुरुलाई कृतज्ञता र भक्तिअर्पण गर्छन् । उहाँको आशीर्वाद प्राप्त गर्छन् । नेपालमा यो दिनलाई शिक्षक दिवसका रुपमा मनाइन्छ । आज गुरुपूर्णिमा ः गुरु पूर्णिमाको महत्व के ? यो पर्वले गुरु र शिक्षकहरूको भलाइको सम्झना गर्दछ किनकी हजारौ ंभक्तहरूले ज्ञानको लागि आफ्ना गुरुहरूलाई पूजा गर्छन् । धन्यवाद दिन्छन् । आफ्ना गुरुलाई कृतज्ञता र भक्तिअर्पण गर्छन् उहाँको आशीर्वाद प्राप्त गर्छन् । गुरु पूर्णिमामा विद्यार्थीहरूले आफ्नो गुरु वा शिक्षकप्रति आफ्नो प्रेम र कृतज्ञता देखाउँछन् । यस पर्वको गहिरो र रोचक इतिहास छ र यसवर्ष यो जुलाई १३, बुधबार पर्छ ।

गुरु पूर्णिमाका केही प्रमुख आकर्षणहरू:
१. गुरु पूर्णिमा संस्कार र गुरुको पूजा
२. विष्णु पूजा
३. सांस्कृतिक प्रदर्शन (कलेज), विद्यालय या कुनै अन्यठाउँमा
४. उपवास र भोज
५. ध्यान

को हुन् त गुरु ?

हिन्दू संस्कृतिमा, विद्यार्थीको जीवनमा गुरुको धेरै महत्वपूर्ण स्थान हुन्छ । यो एउटा गुरुको साझा ज्ञानले गर्दा शिष्य वा विद्यार्थी संसारको सामना गर्न तयार हुन्छ । गुरु शब्द दुई विशिष्ट शब्द ‘गु’ र ‘रु’को संयोजन हो । गु को अर्थ ‘अन्धकार’ र रु को अर्थ ‘अन्धकार हटाउने’ हो । यसरी, गुरु भनेको आफ्नो विद्यार्थी र शिष्यको जीवनबाट अन्धकार हटाउने व्यक्ति हो । त्यसैले जसले हाम्रो जीवनबाट अज्ञानताको अन्धकारलाई नास गरेर ज्ञानको उज्यालो प्रकाश छर्दछन्, ति महान व्यक्ति गुरु हुन् ।

ती मात्र गुरु हुन् जसले हाम्रो मनभित्र भएको अन्धका र रूपी माया मोहलाई नाश गरेर हामीलाई आत्मा र परमात्मासँग चिनाउँछन् उनै साक्षात् गुरु हुन् । गुरु नहुँदा कुनै कुरा को ज्ञानको सम्भावना छैन । गुरु एक व्यक्ति हो जसले सिकाउँछ र प्रकाश, ज्ञान दिन्छ र हामीलाई सही मार्गमा नेतृत्व गर्न निर्देशन दिन्छ ।

परापूर्वकालमा गुरुकूलमा बसेर शिक्षा लिनेचलन थियो , वर्षाैसम्म गुरुको साथमा रहेर गुरुको सेवा गर्ने चलन थियो । समयले अबक चुली फे¥यो तर गुरुको महत्व कहिले काम भएन । ती हाम्रा गुरु हुन् जसले अज्ञानताको अध्याँरोलाई चिर्दै ज्ञानको ज्योतिले हाम्रो जीवनलाई सुन्दर बनाउने बाटो देखाउँछन् आजका सबै अबिस्कारहरु सबै हाम्रा महान् गुरुका शिक्षा र ज्ञानका उपक्रमहरु हुन् । जसले गुरुको महत्व बुझेको छ, उसले ज्ञानको महत्व बुझेकोछ । गुरु ती हुन् जसले हाम्रो जीवनमा सत्य र ज्ञानको आमुल्य शिक्षा दिन्छन् । गुरु पूर्णिमाको दिनमा हामी पनि हाम्रा गुरुहरुलाई श्रद्धा र भक्तिसहित मिठाइ प्रसाद, लुगा कपडा आदि अर्पण गरेर आफ्नो आदर अर्पण गर्दछौं । यस्ता उपहारहरुलाई गुरु दक्षिणा पनि भनिन्छ ।

गुरुको सबैभन्दा ठूलो दक्षिणा भनेको उनले देखाएको बाटोको अवलम्बन र पढाएको पाठको सहिपालना नै हो । आफ्नो शिष्यको सफलतामा खुशी खोज्ने महानताले गुरुलाई अझै आदरणीय र उच्च बनाएको छ ।

साँचो गुरु उनै हुन् जसमा साँचो रूपमा ज्ञान प्रदान गर्न सक्ने क्षमता हुन्छ । ज्ञानी भएरपनि उनमा घमण्ड रत्तिभर हुँदैन । जसलाई सहि ज्ञानको अर्थ थाहा छ । जो त्यसैमा जीवन बिताउँछ । जो रिसराग लोभ मोहभन्दा धेरैपर हुन्छ । उही सच्चा गुरु हुन् । विशेषत यो दिन भगवानको आराधना गरेर र हाम्रा शैक्षिक गुरुहरू वा गुरुहरूप्रति कृतज्ञता व्यक्त गरेर मनाइन्छ । यसबाहेक, धेरैले आफ्नो स्कूल र कलेजहरूमा परम्परागत रूपमा मनाउँछन् । जय गुरुदेव !

बुधबार, २९ असार, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर