लोड हुँदैछ...

मेनु

संखुवासभामा डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु

संखुवासभामा डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु

संखुवासभा । संखुवासभामा डेंगुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । डेंगुको सङ्क्रमण बाट चैनपुर नगरपालिका–५ की ५६ वर्षीय सीतादेवी न्यौपानेको मृत्यु जिल्ला अस्पताल संखुवासभाका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए ।

५६ बर्सिया न्यौपानेको बिहीबार बिहान जिल्ला अस्पताल संखुवासभामा उपचारका क्रममा मृत्यु भएको अस्पताल सूचना अधिकारी खत्रीले बताए । न्यौपानेलाई उच्च ज्वरो, रुघाखोकीको लक्षण देखिए पछि बुधवार प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा भर्ना गरिएको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि उहाँलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । जिल्ला अस्पतालमा खाँदिबारी ल्याइएपछि परीक्षण गर्दा न्यौपानेलाई डेंगु पुष्टि भएको थियो । न्यौपानेलाई डेंगुसँगै उनलाई निमोनिया पनि देखिएको थियो ।

जिल्लामा यस वर्ष २२ जना डेंगु सङ्क्रमित भेटिएका छन् । गत वर्ष संखुवासभामा ६९ जना डेंगु सङ्क्रमित भेटिएका थिए । डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।

डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले सचेत हुन अस्पतालले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।