मेरो बुझाइमा ब्युटिपार्लर

  रोश्ना राई

हामी छोरी मान्छेहरु राम्री हुने सिंगारीने जात हो रे ! यसैले हो ब्युटिपार्लर, ब्युटी केयरको बिजनेस विज्ञापन पनि धेरै देखिन्छ । कतिले त उहाँहरुको पार्लर बिजनेस ओपनिङमा बोलाउनु हुन्छ, तर म मात्रै एउटा यस्तो पात्र हुँला जो आजसम्म राम्री हुन फेस बनाउन केस बनाउन ब्युटीहोम ब्युटी गइएन ।

ब्युटीपार्लरप्रति मेरो त्यस्तो कुनै नकारात्मक धारणा भएरै नगएको भने हैन । खास मेरो फेसमा कालो दाग धब्बाहरु नभएर पनि हुनसक्छ आजसम्म म पालर गइन । तर, गोरो कलरको स्किनमा यदि दागहरु आयो भने भोलिको दिन छँदैछ ।

मैले यो प्रसङ्ग लेखिरहनुको एउटा कारण यो पनि हो । मलाई देख्ने भेट्नेहरु सोध्नुहुन्छ तिमी कुन ब्युटिपार्लर जान्छौं ?‘केस, फेसको लागि ? म आजसम्म गएकै छैन भन्दा उहाँहरु विश्वास लागेन भन्नुहुन्छ ।’ यसरी विश्वास नगर्दा मलाई कुनै हानी नै हँुदैन भने म पनि हाँसेर मेरो सत्य शेयर गर्छु, जाने सोच नै आएन खै किन हो भनेर ।

हामीलाई सानैदेखि ममीले कपाल छोटो काटीदिनु हुन्थ्यो । मलाई भने पाल्न सारै रहर । बिचबिचमा पालेको पनि छु । साथै मलाई कपला कालो कलर अलि नसुहाए जस्तै लाग्छ । यसैले घरमै कलर गरिरहने बानीले कपाल ड्राई भयो । न्याचुरल एकदमै सिल्की छ मेरो कपाल । मलाई भने कर्ली मनपर्छ । यसैले ३–४ महिना अगाडि कर्ली बनाउने र ड्राईनेस हटाउने सोचले जाउँन त एकपल्ट सबैलाई प्रिय लाग्ने ठाउँ ब्युटिपार्लर भनेर गएँ म । त्यहाँ कल गरेर टाईम लिनु पर्ने । पालो आउन केही दिन लाग्ने रहेछ । यसै गरें । पार्लरको दिदीले भन्नुभयो ‘तपाईंको कपाल धेरै कलर गरेकोले ड्राई छ कर्ली नगरांै केराटिन भन्ने ट्रिटमेन गरौ भन्ने सल्लाह दिनुभयो र सोही अनुसार काम गरिदिनुभयो ।

सायद जिन्दगीमा पहिलो पल्ट मेरो कपालले ब्युटिपार्लर देखेर हो न त किन कसरी हो मेरो कपाल त झनै ड्राई, यस्तो खराब भयो म त हाँसौ कि रोउँ भएँ । यसै पनि पार्लरको समयमा मलाई क्रिम केमिकलहरुको गन्धले टाउको दुखेर सारै गाह्रो भएको थियोे ।

दिदीलाई कम्प्लेन गरें । ‘कसरी त्यस्तो भयो त ! म फेरि गरिदिन्छु’ भनेर बोलाउनु भयो । मलाई त्यो समय जति गाह्रो जिन्दगीमा कहिले भएको थिएन जस्तै लाग्यो । आफंैमा राम्रो कपाल थोरै मात्रै ड्राईनेस भएर ब्युटिपार्लर बनाउन गएको म उल्टो झुस्लुङ्ग झाडु कपाल हुँदाको समय मेरो मन कस्तो भयो होला ?

बुधबार, २२ असार, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर