विराटनगरको आस्था क्लिनिकले ल्यायो छुट योजना, ल्याबमा ५० प्रतिशतसम्म छुट

विराटनगर । विराटनगर ९ अस्पताल चौकस्थित आस्था क्लिनिक एन्ड डाइग्नोष्टिकले बिरामीहरूको लागि छुट योजना ल्याएको छ । असार १ गतेदेखि क्लिनिकमा ल्याबमा ५० प्रतिशतसम्म छुट योजना ल्याएको हो ।

क्लिनिकलले आइतबार पत्रकार सम्मेलन गरी असार १ गतेदेखि सुगर, थाई राइट र जन्डिसको जाँचमा ५० प्रतिशत छुट दिइने सञ्चालक कमलेश कुमार कर्णले जानकारी दिए । सुगर, थाई राइट र जन्डिस बाहेक अन्य सम्पूर्ण ल्याब जाँचमा ज्येष्ठ नागरिकहरूलाई २५ प्रतिशत छुट योजना ल्याएको उनले बताए । क्लिनिकमा आएर बिरामीले स्वास्थ्य उपचार गरेका बिरामीलाई औषधीमा १० प्रतिशत छुट पनि दिएको छ । ‘यो छुट योजना १ असारदेखि बिरामीहरूलाई उपचारमा सहज पु¥धाउन ल्याएको छ,’ सञ्चालक कर्णले भने, ‘यो छुट योजना अर्को सूचना नभासम्मको लागि लागू गरिएको हो ।’ अत्याधुनिक उपकरण जडान गरी सञ्चालन ल्याएको ल्याबमा सम्पूर्ण प्रकारको जाँच हुने गरेको छ ।

आस्था क्लिनिकमा बाल रोग विशेषज्ञ, फिजिसियन, हार्डजोनी तथा नशा रोग विशेषज्ञ, छाला यौन तथा चरम रोग विशेषज्ञ, सर्जन, नाक, कान, घाँटी रोग विशेषज्ञ, वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेष चिकित्सकहरू राखेर दैनिक ओपिडी सेवाहरू सुचारु गरेको छ ।

आइतबार, २९ जेठ, २०७९, दिउँसोको ०२:५० बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर