झोराहाट । मोरङको रंगेली नगरपालिका वडा नम्बर–२ जुलबीचोकमा घर भएकी अनिता झांगड २०७८ फागुन २१ गते शनिबार दिनको १ बजे देखि वेपता भएकी छिन् ।
रंगेलीबाट माइतीघर ग्रामथान गाउँपालिका वडा नम्बर–२ झोराहाट झङडाईमा फागुन २० गते शुक्रबारका दिन आएकी झांगड माइतीघरमा एक रात बसेर भोलिपल्ट झोराहाट बजार किनमेलका लागि माइतीघर तर्फका परिवारसँग गएकी झांगड झोराहाट बजारबाट सम्पर्कबिहीन भएकी हुन् ।
छोरी वेपता भएको खबर जिल्ला प्रहरी कार्यालय मोरङलाई जानकारी गराउँदै खोजिदिन अनुरोध गरे पनि अहिलेसम्म कतैबाट केही खबर नआएको आमा बुवा सुन्दरवती उराँव र देवलु उरामले जानकारी दिनु भएको छ ।
घरमा कुनै पनि झैं–झगडा नभएको राम्रै तरिकाले छलफल भएर माइतीघर जान्छु भनेर हिडेकी श्रीमती सम्पर्कबिहीन भएको उनका श्रीमान् जमिरलाल झांगडले जानकारी दिए । झांगड दम्पतीका एक ९ वर्षका छोरा छन् ।

