प्रतिगामीहरू-मुर्दावाद !

 प्रेम मिभक

एकाईशौं शताब्दी हो
जनता रैती होईन,
नागरिक बन्न चाहन्छ्न,
त्यसैले अब,
जनताले जनताको छोरोलाई,
सार्वभौमसत्ताको नेता बनाउँछ्न्,
जन्मदै राजामहाराजा भएकाहरु
जनताको नजरमा सारै गन्हाउँछन्,
त्यसैले म भन्छु,
प्रतिगामीहरू–मुर्दावाद !!

एकाध दास मानसिकता बोकेकाहरू मात्रै,
राजालाई मालिक,
अझै बनाउन चाहान्छ्न्,
आम जनताहरु,
संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन,
प्राण उत्सर्ग गर्ने,
सेतु बि.क.को शालिक,
अनिवार्य निर्माण गर्न चाहन्छ्न्,
त्यसैले म भन्छु,
प्रतिगामीहरू–मुर्दावाद !!!

सेतु बि.क.को शालिक,
सामूहिक संघर्षको प्रतीक हो।
निरंकुश र सामन्ती व्यवस्थाको प्रतिनिधित्व गर्ने,
राजामाहाराजाको शालिक होईन,
हाम्रो मुलुकमा,
बंशीय शासन व्यवस्था छैन,
त्यसैले अब,
सेतु बि.क. हरूको शालिक हटाउन पाइँदैन,
राजामहाराजाको शालिक, चोक र बजारमा चाहिंदैन,
त्यसैले म भन्छु,
प्रतिगामीहरू–मुर्दावाद !!!

यो देश दरबारको तलुवा चाट्नेहरुको मात्र होईन,
हिमाल पहाड र तराईमा बस्ने,
सबै–सबै,
शोषित, पीडित नेपालीहरूको हो,
त्यसैले अब,
संघीय गणतन्त्र नेपालमा,
यो व्यवस्था ल्याउन,
आफ्नो ज्यानको बलिदान गर्ने,
सेतु बि.क.को शमलिक हटाउन,
दुश्प्रायस गर्ने, तिमीहरू को हौ ?
नेपाली जनताले सोध्नै पर्छ,
ईतिहासको पानामा तिमीहरूले गरेको,
उकुसमुकुस लाग्ने काला कर्तुतको,
हिसाब किताब अझै पनि,
साराका सारा नेपालीले खोज्नै पर्छ,
त्यसैले म भन्छु,
प्रतिगामीहरू–मुर्दावाद !!!

संघीय गणतन्त्रको विकल्प,
सक्रिय र संवैधानिक राजतन्त्र हुँदै होईन,
जनताले निर्माण गरेको शासन व्यवस्था,
ईतिहासमा,
काँही र कहिले पनि,
पराजित गरेर,
प्रतिगामीहरूले शासन व्यवस्था,
उल्टाएको प्रमाण छँदै छैन
त्यसैले म भन्छु,
सेतु बि.क.–जिन्दाबाद !!
प्रतिगामीहरू–मुर्दावाद !!!

सेतु बि.क.लगाएत गणतन्त्र प्राप्तिको आन्दोलनमा प्राण उत्सर्ग गर्ने योद्धाहरुमा समर्पित ।

– मिक्लाजुङ, मोरङ

सोमबार, २३ जेठ, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर