विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ र नेपालउ द्योग वाणिज्य महासंघ प्रदेश नं. १ को साझेदारीमा विश्व व्यापार संगठन व्यापार सहजीकरण सम्झौताबारे प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ ।
विराटनगरमा शनिबार सुरु भएको कार्यक्रमको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले गरेका थिए ।
सन् २०१७ फेब्रुअरीमा लागू भएको डब्लुटिओको व्यापार सहजीकरण सम्झौतामा प्रशासनिक बाधाहरु हटाउँदै व्यापारमा अझ धेरै दक्षता ल्याउने वाचा गरिएको छ । सिमानामा अनावश्यक अनुमगन, धेरै कागजाती र डेटा प्रक्रिया, म्यानुअल प्रक्रिया, सिमा निकायहरुबीच समन्वयको अभाव, जटिल र अप्रभावकारी नियम र प्रक्रिया जस्ता समस्याहरुले व्यापारमा सामानको ढुवानीमा ढिलाइ हुनुको साथै व्यपार खर्च पनि बढाउने भएकोले त् यसलाई हटाउन पहिल सम्झौतामा गरिएको छ ।
व्यापार व्यवसायहरुको लागि, व्यापार सहजीकरण सम्झौताको कार्यान्वयनबाट व्यापार अन्तर्राष्ट्रियकरण गर्ने बाटो खुल्ने बताइएको छ । सम्झौताबाट नयाँ प्रक्रिया र आवश्यकताहरुले कसरी आफ्नो व्यापारको प्राथमिकतालाई पुरक बनाउँछ भने राम्रो ज्ञान प्राप्त भई मझौला उद्योगहरुले विशेष लाभ उठाउन सक्ने बताइएको छ ।
कार्यक्रममा मन्त्री बडुले यस्ता प्रशिक्षणले व्यापार व्यवसायमा रहेका समस्याहरुको पहिचान र तिनीहरुको समाधानमा सहयोग पुग्ने बताए । प्रदेश नं. १ का मुख्यमन्त्रीका आर्थिक सल्लाहकार एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउतले विराटनगर प्रदेशकै मुख्य व्यापारीक शहर भएकोले प्रशिक्षण कार्यक्रले उद्योगी व्यवसायीहरु लाभान्वित हुने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का अध्यक्ष् टीकाराज ढकालको सभापतित्वमा भएको कार्यक्रममा मन्त्रालयका सह–सचिव डा.नारायण रेग्मी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अभिनाश बोहोरा, अन्तराष्ट्रिय व्यापार केन्द्रका राजेश अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीसहितले आफ्नो धारणा राखेका थिए ।

