विराटनगर । विराटनगर महानगरपालिकाको कार्यपालिका निर्वाचनमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन पराजित भएको छ ।

कार्यपालिका निर्वाचनमा मतदाता हरेका ९७ सदस्यमध्ये ५० मत रहेको काँग्रेस–जसपा गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्र उम्मेद्वारहरु निर्वाचित भएका हुन् ।

काँग्रेस नेता डा.शेखर कोइरालाको गृहनगर विराटनगरमा जसपासँग गठबन्धन गर्दा बहुमतमा रहेको काँग्रेसका सबै उम्मेदवार पराजित भएका हुन् । यसअघि कोइरालाकै क्षेत्रमा रहेको बुढिगंगा गाउँपालिकामा एकल बहुमतमा रहेको काँग्रेसका उम्मेद्वारहरु कार्यपालिका निर्वाचतमा पराजित भएका थिए ।

महानगरमा एमालेले उपमेयरसहित ४३ र काँग्रेसले मेयरसहित ४० जनप्रतिनिधि जितेको थियो । यस्तै जसपाले१०, स्वतन्त्र ३ र राप्रपाको १ जना निर्वाचित भएका थिए ।

शनिबार भएको कार्यपालिका चुनावमा काँग्रेस–जसपा गठबन्धनसँग ५० मत थियो भने एमालेले स्वतन्त्रसँग गठबन्धन गर्दा ४६ मत मात्रै थियो । तर, जसपा र काँग्रेसका केही जनप्रतिनिधिले एमाले उम्मेद्वारलाई मत दिँदा काँग्रेस र जसपाका सबै उम्मेदवार पराजित भए ।

मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार कार्यपालिकामा अल्पसंख्यकतर्फ एमालेका दिपककुमार कर्ण ५२, स्वतन्त्र ओमप्रकाशकुमार साह ५५ र स्वतन्त्र सन्जिब साह ५२ मत ल्याएर विजयी भएका छ्न् । अल्पसंख्यकमा काँग्रेस उम्मेदवार प्रेम राठी ४०, जसपाका ववितादेवी साह ४५ र जसपाकै विमलादेवी पोद्धार ४१ मत प्राप्त गपर पराजित भएका छन् ।

महिलातर्फ सबै एमाले उम्मेद्वार विजयी भएका छन् । एमालेका सन्तलीदेवी विश्वास ५५ कमला श्रेष्ठ, ५५, ताराकुमारी राय ५३ सरिता घिमिरे नेपाल ५३ र खुश्बु विश्वकर्मा ५२ मत ल्याएर विजयी भएका छन् । काँग्रेसका पराजित उम्मेद्वारहरु अन्जु दाहाल गौतमले ४०, गायत्री थापाले ३९, रुपा देउजाले ४०, विनितासिंह ठकुरीले ४० र जसपाकी चुलियादेवि साहले ४० मत मात्रै पाएका थिए ।

विराटनगरमा गठबन्धन उम्मेद्वारलाई चुनावअघि जसपा त्यागेर मेयरमा स्वतन्त्र उममेद्वारी दिएका उमेश यादवले सघाएका थिए । यादवकै पहलमा जसपाका अधिकांश जनप्रतिनिधिले एमालेलाई मत दिएको पाइएको छ ।

गठबन्धन पराजित भएसँगै महानगर कार्यपालिकामा एमालेको बहुमत पुगेको छ ।  मेयर, उपमेयर, १९ वडाका वडाध्यक्ष र अहिले निर्वाचत ८ सदस्यसहितको २९ सदस्यीय महानगर कार्यपालिकामा एमालेका उपमेयर, ९ वडाध्यक्षसहति १६ जना भएका छन् । कार्यपालिकामा काँग्रेसका मेयरसहित ६ वडाध्यक्ष, स्वतन्त्रको १ वडाध्ययक्षसहित तीन, जसपाको २ वडाध्यक्ष र राप्रपाको १ वडाध्यक्ष कार्यपालिकामा हुनेछन् ।