विराटनगर । मोरङको कटहरी–१ महेशपुरमा आज बिहान एक व्यक्ति मृत फेला परेका छन् । मृत फेला परेका व्यक्ति कटहरी–२ आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
श्रेष्ठको आँखामाथि निधारको भागमा चोट रहेको छ । घटनाको प्रकृति हेर्दा कुनै वस्तुले हिर्काएर हत्या गरेपछि शव खेतमा फ्याँकेको जस्तो देखिने प्रहरीको भनाइ छ ।
घटनास्थलमा पुगेर मोरङ प्रहरीका डिएसपी राजन कार्की नेतृत्वको टोलीले घटनाको अनुसन्धान थालेको छ । शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पतालमा ल्याउने तयारी गरिएको उनको भनाइ छ । उनको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
शव सडक छेउको नालीनजिकै बाँझो खेतको डिलमा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
Kada vanda kada karwahi hunu paryo hatyaralai
Kushesar