काठमाडौं । सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ गरेका छन् । श्रीमती हत्याको अभियोगमा जन्मकैदको सजय काटिरहेको बेला तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले २०७७ साउन ८ गते उनलाई कैदमुक्त गर्ने आदेश दिएको थियो ।
जबरा नेतृत्वको उक्त आदेशलाई सर्वोच्चको बृहत पूर्ण इजलासले उल्टाएर कोइरालालाई जन्मकैद हुने जिल्ला र उच्च अदालतको फैसला बिहीबार सदर गरेको थियो । अदालतको आदेश आएको भोलिपल्ट कोइराला पक्राउ परेका हुन् ।
उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी बसन्तबहादुर कुँवरका अनुसार उनलाई बानेश्वरबाट पक्राउ गरिएको हो । बानेश्वरको एक घरमा लुकिरहेको अवस्था उनी समातिएका हुन् ।
कोइरालालाई जिल्ला अदालत र उच्च अदालतले जन्मकैदको सजाय सुनाएकोमा चोलेन्द्र समशेर जबराको इजालाले साढे ८ वर्ष कैद कायम गरेपछि उनी गत साउन ८ गते डिल्लीबजार कारागारबाट छुटेका थिए । जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले उनको सजाय घटाएको थियो ।
बिहीबार कामु प्रधानन्यायाधीश दीपक कार्की, न्यायाधीश टंक मोक्तान र कुमार चुँडालको पूर्ण इजलासले कोइरालालाई कैद छुट दिने यसअघिको सर्वोच्चको फैसला उल्ट्याएको हो ।