विराटनगर । विराटनगरस्थित कोशी अस्पतलामा डीपीटी खोप लगाएपछि एक नवजात शिशुको मृत्यु भएको छ । मोरङको कटहरी–२ आर्दश टोलका सोयल खानका अढाइ महिने शिशु सोयव खानलाई बुधबार दिउँसो खोप लगाएको एक घण्टापछि नवजात शिशुको मृत्यु भएको हो ।
मृतकका बाबु सोयल अनुसार छोरालाई नियमित लगाउने डीपीटी खोप बुधबार दिउँसो कोशी अस्पतालको आकस्मिक कक्षमा ११ः३० लगाएको बताए । ‘खोप लगाएपछि घर पु¥याउँदा छोराको नाक र मुखदेखि फिँज आएको थियो’ उनले भने, ‘तत्काल हामीले कोशी अस्पतामा ल्यायौं । तर, अस्ततालले १ः४५ बजे मृत्यु भएको दुःखद् खबर सुनाए ।’
खोप लगाएकै कारण छोराको मृत्यु भएको खान परिवारको भनाइ छ । खोपको गुणस्तरको विषयमा छानविन गरेर के कारणले छोराको मृत्यु भएको हो भन्ने छानविन गर्नुपर्ने बाबु सोयल खानले बताए । खोपको असरले छोराको मृत्यु भएको पुष्टि भए विश्व स्वास्थ्य संगठनलाई कारवाहीको दायरामा ल्याउनुपर्दछ ।
कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.यज्ञराज खरेलले खोप लगाएपछि नवजात शिशुको मृत्यु भएपछि छानविन समिति गठन गरेर अनुसन्धान सुरु भएको बताए । घटनाको विषयमा स्वास्थ्य संगठनका प्रतिनिधीहरुलाई जानकारी गराएपछि अहिले स्वास्थ्य संगठनका प्रतिनिधि अस्पताल आएर छानविन सुरु गरेको उनको भनाइ छ ।
स्वास्थ्य संगठनकाले खोपको असरबारेमा छानविन गर्नेछन् । एक भाइल खोपमा १० डोज हुन्छ । एक भाइल खोपबाट १० जना शिशुलाई लगाउन मिल्छ । कोशी अस्पतालमा खोप लगाएका अन्य ९ जना शिशुलाई कुनै असर नगरेको अस्पतालले जनाएको छ ।
खोप लगाएका नवजात शिशुको मृत्यु भएपछि अस्पतालले पनि ५ सदस्यीय छानविन समिति गठन गरेको छ । विश्व स्वास्थ्य संगठनका सर्बिलेन्स मेडिकल अफिसर डा.करिश्मा गुरूङको नेतृत्वमा छानविन समिति गठन गरिएको हो । समितिमा क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख, जिल्ला स्वास्थ्य प्रमुख, विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख र कोशी अस्पतालका मेसुसहितको टोली छ ।
समितिले छिटोमा तीन र बढीमा एक साता लगाएपछि अनुसन्धान पुरा गरेपछि छानविन प्रतिवेदन खोप केन्द्र, स्वास्थ्य विभाग र स्वास्थ्य संगठनमा पनि पठाइने मेसु खरेलले बताए । खोपको कारण हो या अरु कुनै कारणबाट बच्चाको मृत्यु भएको भन्नेबारेमा छानविन हुनेछ । खोपको असरको कारणले बालकको ज्यान गएको पुष्टि भएमा सरकारले क्षतिपूर्ती दिने बताइएको छ ।
यस्तै मोरङका सहयाक प्रमुख जिल्ला अधिकारी महेश तिम्सिनाको नेतृत्वमा अस्पतालका बाल रोग विशेषज्ञ डा.नारायण चौधरी, अस्पतालका मेट्रोन मञ्जु यादव, शाखा अधिकृत रामप्रसाद नेपाल, मोरङ प्रहरीका प्रहरी निरीक्षक र एक पीडितको आफन्त रहनेगरि छानविन गर्न समिति बनाएको हो ।