लोड हुँदैछ...

मेनु

यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगरमा शिक्षक पक्राउ

यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगरमा शिक्षक पक्राउ

विराटनगर । बाल यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगरमा एक शिक्षक पक्राउ परेका छन् ।

विराटनगर ४ मा रहेको सृजना ज्ञान कुन्च बोर्डिङ स्कुलमा अध्ययनरत १० वर्षीय बालिकालाई बाल यौन दुर्व्यवहार गरेको आरोपमा सोही स्कुलका शिक्षक तेजेन्द्र कर्णलाई प्रहरीले बुधवार पक्राउ गरेको हो ।

गणित विषय अध्ययन गराउने शिक्षक कर्णले ती छात्रालाई डेढ महिना अगाडी स्कुलमा बाल यौन दुर्व्यवहार गरेको आरोप छ । पीडितले उजुरी दिएपछि शिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका डिएसपी राजन कार्कीले जानकारी दिए । ‘पीडितले उजुरी दिएपछि हामीले शिक्षकलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान सुरु गरेका छौँ,’ डिएसपी कार्कीले भने, ‘अहिले घटनाबारे अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेका शिक्षक कर्णलाई प्रहरीले बिहीबार मोरङ अदालतमा ‘बाल यौन दुर्व्यवहार’ मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गर्ने तयारी गरेको बुझिएको छ ।

प्रहरी नियन्त्रणमा रहेका कर्णले कक्षा पाँचमा अध्ययनरत ती छात्रालाई बाल यौन दुर्व्यवहार गरेपछि पछाडिको सिटमा बस्ने गरेका थिइन् । ‘घरमा पनि एकोहोरो हुने र कुरा बुझ्दै जाँदा शिक्षकले बाल यौन दुर्व्यवहार गरेको भनेपछि प्रशासनमा गएर कारबाहीको लागि माग गरी निवेदन हालेका छौँ,’ पीडितकी आमाले भनिन्, ‘घटनाको अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन हामी जोडदार माग पर्दछौँ ।’

1 प्रतिक्रिया

1 प्रतिक्रिया

युगेन राई
May 26, 2022 9:58 AM

कानुन अन्तर्गत पर्ने कडा भन्दा सजाई हुनु पर्छ त्यो अपराधी लाई जय नेपाल 🇳🇵🇳🇵

प्रतिक्रियाहरू बन्द छन्।