झापा गौरिगञ्जको अध्यक्ष र उपाध्यक्ष दुबै महिला निर्वाचित

दमक । झापाको गौरिगञ्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै महिला निर्वाचित भएका छन् ।

गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसकी फुलवती राजवंशी र उपाध्यक्षमा नेकपा एमालेकी पुजन न्यौपाने विजयी भएका हुन् ।

अध्यक्षमा राजवंशीले नेकपा एमालेका उम्मेदवार विजय अग्रवाललाई पराजित गरिन् । राजवंशीले ५६८९ मत प्राप्त गरेकी छन् भने अग्रवालले ३३३० मत पाए । उनी यसअघि गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । गाउँपालिका अध्यक्षमा राप्रपाका बाबुराजा श्रेष्ठ विजयी हुँदा काँग्रेसबाट उपाध्क्ष निर्वाचित भएकी उनले उसपटक अध्यक्ष श्रेष्ठलाई तेस्रो स्थानमा धकेलेर अध्यक्ष निर्वाचित भएकी हुन् । श्रेष्ठले ३३०७ मत मात्र प्राप्त गरे ।

गाउँपालिका उपाध्यक्षमा एमालेकी न्यौपाने ४७५५ मतसहित निर्वाचित भएकी छन् । उनकी प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेसका मखना महतोले ३७९५ मत प्राप्त गरेका छन् ।

आइतबार, ०८ जेठ, २०७९, रातीको ०९:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर