कम्युनिस्टको उद्गम थलो रतुवामाईमा कांग्रेसको जित

विराटनगर । मोरङको रतुवामाई कम्युनिस्ट पार्टीको उद्गम थलोमा एमलेका उम्मेदवारले हार बेहोरेका छन् । २०३५ सालमा नेकपा मालेको पहिलो महाधिवेशन साविकको इटहरा गाविस (हाल रतुवामाई नगरपालिका) मा भएको थियो । रतुवामाई नगरपालिकामै नेकपा एमालेका संस्थापक नेता स्व. मदन भण्डारीको घर छ ।

रतुवामाईमा काग्रेशका नागेश्वर प्रसाद सिंह गनगाई विजयी भएका छन् । उनले १३ हजार १ सय ३५ मत ल्याएर विजेत बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दुर्गा कुमार विष्टले ११ हजार २ सय ५२ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा एमालेकी दयान्ता देवी चुडाल विजयी भएका छिन् । उनले ९ हजार ३ सय ७४ मत ल्याएर विजयी यात्रा तय गरेकी हुन् । माओवादीका सुमन कालिकोटेले भने ८ हजार ४ सय ७९ मत ल्याएका छन । यस नगरपालिकामा माओवादीका र कांग्रेसबीच गठबन्धन भएको थियो । चुँडाल निवर्तमान उपमेयर हुन् ।

मेयरमा विजेतका बेनका गनगाई ७४ वर्षका हुन् । पुर्व शिक्षक समेत रेहका गनगाई नगरलाई नमुना बनाउने बताउँछन् । २०७४ सालको स्थानीय निर्वाचनमा प्रमुखमा कांग्रेसका रविन राईले बाजी मार्दा उपप्रमुखमा एमालेकी चुँडाल विजयी भएकी थिइन् ।

गत चुनावमा रविन राई ९ हजार ९५ मतसहित निर्वाचित भएका थिए । एमालेका टेकेन्द्रबहादुर पोमुले ८ हजार १ सय मत ल्याएका थिए ।

शुक्रबार, ०६ जेठ, २०७९, बिहानको ०८:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर