काठमाडौं । बैसाख ३० गते सम्पन्न भएका ७५३ स्थानीय तहको निर्वाचनको मतगणना जारी छ ।
हालसम्म आएको मतगणनाको परिणाम अनुसार माओवादी केन्द्रले हाल सम्म ५१ पालीकामा प्रमुख पदमा विजय हासिल गरिसकेको छ । मंगलबार विहान ७ बजेसम्म आएको नतिजा अनुसार धादिङको रुवी भ्याली गाउँपालिकाका राम तामाङले वियज प्राप्त गरेसँगै माओवादी केन्द्रले ५१ पालिकामा विजय हासिल गरेको हो । देशव्यापी गठबन्धन भएको भएतापनि यी जितेका अधिकांश पालिकामा माओवादी एक्लैले धेरै जित निकालेको हो ।
यी हुन् माओवादी केन्द्रले जिवय हासिल गरेको पालिका र प्रमूखको नामावली
- दार्चुला मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामी
- दार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरे
- दार्चुला नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामी
- दार्चुला लेकम गाउँपालिका: अध्यक्ष रामदत्त जोशी
- डोल्पा जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय
- डोल्पा मुड्केचुला गाउँपालिकाः अध्यक्ष दत्त बहादुर शाही
- डोटी बोकटान फुड्सिल गाउँपालिका: अध्यक्ष कमलबहादुर गड्सिला
- रोल्पा परिवर्तन गाउँपालिका: अध्यक्ष सुकबहादुर बुढामगर
- रोल्पा लुङ्ग्री गाउँपालिका: अध्यक्ष भरतकुमार थापा
- रोल्पा थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर
- रोल्पा रोल्पा नगरपालिका: मेयर सुरेन्द्र थापा
- रोल्पा सुनिल स्मृति गाउँपालिका: अध्यक्ष मणिराम बुढाथोकी
- हुम्ला ताजाकोट गाउँपालिका: अध्यक्ष लालकेश जैसी
- हुम्ला नाम्खा गाउँपालिका: अध्यक्ष प्रेमबहादुर लामा
- दैलेख नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी
- दैलेख भगवतीमाई गाउँपालिका: अध्यक्ष गणेश थापा
- बागलुङ ताराखोला गाउँपालिका: अध्यक्ष धनबहादुर विक
- उदयपुर लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई
- उदयपुर ताप्ली गाउँपालिकामाः ढुंगराज विश्वकर्मा
- उदयपुर रौतामाई गाउँपालिका: अध्यक्ष बिरेन्द्रकुमार मगर
- खोटाङ जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई
- गोरखा अजिरकोट गाउँपालिका: अध्यक्ष दीपक देवकोटा
- गोरखा शहिद लखन गाउँपालिका: अध्यक्ष रमेश थापा मगर
- गोरखा भिमसेन थापा गाउँपालिका: अध्यक्ष लोकप्रसाद बञ्जारा
- गोरखा बारपाक सुलिकोट गाउँपालिकाः अध्यक्ष विष्णुप्रसाद भट्ट
- गुल्मी चन्द्रकोट गाउँपालिका: युवराज केसी
- गुल्मी धुर्कोट गाउँपालिका: अध्यक्ष भूपाल पोखरेल
- सोलुखुम्बु थुलुङ दूधकोशी गाँउपालिका: अध्यक्ष असिम राई
- भोजपुर आमचोक गाउँपालिका: अध्यक्ष अशोक राई
- भोजपुर राम प्रसाद राई नगरपालिकाः अध्यक्ष थामबहादुर राई
- डडेलधुरा आलिताल गाउँपालिका: अध्यक्ष शेरसिंह पार्की
- डडेलधुरा अजयमेरू गाउँपालिका: अध्यक्ष उमेशप्रसाद भट्ट
- ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका: अध्यक्ष राजन लिम्बू
- ताप्लेजुङ मैवाखोला गाउँपालिका: अध्यक्ष विजयप्रकाश बनेम
- दाङको बंगलाचुली गाउँपालिका: अध्यक्ष तुलसीराम पुन
- ओखलढुंगा चिशंखुगढी गाउँपालिका: अध्यक्ष निशान्त शर्मा
- सर्लाही रामनगर गाउँपालिका: अध्यक्ष राजाबाबु यादव
- बैतडी मेलौली नगरपालिका: मेयर भीमबहादुर चन्द
- कालिकोट पताला गाउँपालिकाः अध्यक्ष विष्णु बहादुर रोकाया
- कालिकोट शुभ कालिका गाउँपालिका: अध्यक्ष गोविन्दप्रसाद आचार्य
- प्युठान प्युठान नगरपालिका: मेयर विष्णुबहादुर योगी
- प्युठान मन्डवी गाउँपालिका: अध्यक्ष नमराज अधिकारी
- सिन्धुपाल्चोक बलेफी गाउँपालिका: अध्यक्ष गंगाबहादुर तामाङ
- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका: अध्यक्ष बज्रध्वज वाइबा
- तनहुँको आबुखैरेनी गाउँपालिका: अध्यक्ष शुक्र चुमान
- रूकुम-पश्चिम सानोभेरी गाउँपालिका: अध्यक्ष बिर्खबहादुर बिष्ट
- पूर्वी रूकुम सिस्ने गाउँपालिकाःअध्यक्ष कृष्ण रेग्मी
- पूर्वी रूकुम पुथा उत्तरगंगा गाउँपालिका: अध्यक्ष पुनीराज घर्ती
- बझाङ दुर्गाथली गाउँपालिका: अध्यक्ष दिलबहादुर थापा
- पाल्पा रिब्दीकोट गाउँपालिका: अध्यक्ष नारायणबहादुर कार्की
- धदिङ रुवी भ्याली गाउँपालिका अध्यक्ष रामसिङ तामाङ