विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख पदमा विपक्षी भन्दा नागेश कोइराला ८ सय २ मतले अगाडि देखिएका छन् ।
निर्वाचन आयोगले भर्खरै सार्वजनिक गरेको मत परिणाम अनुसार कोइरालाको मतअन्तर बढ्दै गएको हो । प्रमुख पदमा गठबन्धनका उम्मेद्वार कोइरालाको मतअन्तर बढ्दै जाँदा उपप्रमुखमा भने एमालेकी उम्मेद्वार शिल्पा कार्कीले पनि मतअन्तर बढाउँदै लगेकी छिन् । उनले ७ सय ९४ मत बढी ल्याएकी छिन् ।
भर्खरै घोषित विवरण अनुसार गणना भएको ९ हजार २ सय ७४ मतमध्ये कोइरालाको पक्षमा २ हजार ९ सय ३२ मत रहेको छ । यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सागर थापालाई २ हजार १ सय ३० मत प्राप्त भएको छ । स्वतन्त्र उम्मेद्वार उमेश यादव तेस्रो स्थानमा छन् । उनले ९ सय ६१ मत पाएका छन् ।
यता, उपप्रमुख पदमा भने गठबन्धनका उम्मेद्वारलाई फराकिलो मतअन्तरले एमालेकी उम्मेद्वार शिल्पा कार्की अगाडि देखिएकी छिन् । उनले २ हजार ४ सय ७२ मत ल्याउँदा गठबन्धनका अमरेन्द्र यादवले १ हजार ६ सय ७८ मत पाएका छन् । स्वतन्त्र उम्मेद्वारी दिएकी नमिता न्यौपानेले उपप्रमुखमा ५ सय ४५ मत पाएकी छिन् ।