विराटनगरमा उम्मेदवारविनाका चिन्हमा पनि मतदान

विराटनगर । विराटनगरमा गठबन्धनमा रहेका दलहरुले मतदातालाई सिकाउन नसक्दा उम्मेदवार नै नभएका पदमा समेत मत आइरहको छ ।

विराटनगरमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र एकीकृत समाजावादीको गठबन्धन हुँदा मेयरमा काँग्रेस र उपमेयरमा जसपाका उम्मेदवार थिए ।

गठबन्धले मेयरमा काँग्रेसका नागेश कोइरला र उपमेयरमा अरमेन्द्र यादवलाई उम्मेदवार बनाएको थियो । तर, उपमेयरमा उम्मेदवार नै नभएको कांग्रेसको रुख चिन्हमा अहिलेसम्म ५५४ मत झरेको छ ।

यस्तै माओवादी केन्द्रको मेयर पदमा हसिया हतौडा चुनाव चिन्हमा २२४ र उपप्रमुखमा ३३४ मत आएको छ । विराटनगरमा खसेको मतमा धेरै मत बदरको प्रतिशत गत चुनावमा भन्दा बढेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसको यकिन तथ्यांक भने आइसकेको छैन ।

ठूलो मतपत्र भएको कारण मतदाता झुक्किएर एउटै पदमा २ चिन्हमा मतदान गरेको मत पनि धेरै भेटिएको छ । निर्वाचन आयोगले उम्मेदवार नभएका पदहरुको पनि चुनाबचिन्ह मतपत्रमा छापेको कारण धेरै मत बदर हुने देखिएको छ ।

जेष्ठ १, २०७९, दिउँसोको ०२:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर