विराटनगर । प्रदेश खेलकुद विकास बोर्डको नियुक्ति खारेजी सम्बन्धमा परेको रिटमा उच्च अदालत विराटनगरले तत्काल अन्तरिम आदेश जारी नगर्नुपर्ने ठहर गरेको छ ।
प्रदेश खेलकुद विकास बोर्डका पूर्व सदस्य–सचिव कृष्ण बस्नेत (पर्शुराम)ले आफूलाई पदबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश माग गर्दै दायर गरेको उत्प्रेषण परमादेशको रिटमा अदालतले त्यस्तो आदेश दिन इन्कार गरेको हो ।
उच्च अदालत विराटनगरका न्यायाधीश दिनेश यादव र जगतनारायण प्रधानको संयुक्त इजलासले अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको प्रदेश नं १ सरकारका मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठले जानकारी दिए ।
प्रदेश नंं १ सरकारको गत चैत्र २१ गते बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई सदस्य सचिवबाट हटाउने निर्णय गरेको थियो ।
उक्त निर्णय खारेजीको माग गद बस्नेतले वैशाख १४ गते अन्तरिम आदेश मागसहित उत्प्रेषण परमादेशको रिट दायर गरेका थिए ।