महानगर उम्मेद्वारका प्राथमिकता कर घटाउने र डुबान हटाउने मुख्य मुद्दा

विराटनगर । प्रदेश १ को एक मात्र महानगरमा सत्तारुढ गठबन्धन र नेकपा एमालेनै मुख्य प्रतिस्पर्धी हुने अनुमान गरिएको छ ।विराटनगर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा जसपा नेपालका अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । विराटनगर नगरपालिकामा एमालेबाट मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निरला कार्कीले उम्मेदवारी दिएकी छिन् ।
आगामी स्थानीय तहको निर्वाचनमा महानगरपालिकाको मेयरमा ठूला पार्टीबीच रोचक भिड्न्त हुने भएको छ । जसप परित्याग गरि स्वतन्त्रबाट उम्मेदवार दिएका उमेश यादवतिर पनि महानगरबासीको ध्यान तानिएको छ भने गठबन्धन र एमालेलाई पन केहि असर पर्ने आंकलन गर्ने गरीएको छ । राप्रपाबाट पूर्व मेयर समेत रहेका प्रल्हाद साहको उम्मेदवारीले पनि विराटनगरको राजनीतिमा केहि प्रभाव पारेको छ ।

जित सुनिश्चत :  कोइराला

नागेश कोइरालाले आफ्नो मुख्य एजेन्डा करको दायरा बढाएर दर घटाउने भएको बताएका छन् । विराटनगरबासीको गुनासो जहिल्यै पनि कर बढि भयो भन्ने भएकाले करको दायरा बढाएर अहिले लिइरहेको कर घटाउने आफनो पहिलो एजेन्डा भएको उनले बताए । शिक्षा, स्वास्थ्य र सरसफाईलाई ध्यानमा दिएर आफू काम गर्ने समेत उनले बताए ।

विराटनगरलाई मेडिकल हब बनाउने उनको भनाइ रहेको छ । उनले विराटनगरबासीले चाहेको महानगर बनाउने अठोट रहेको समेत बताए । महानगरपालिको मेयरको उम्मेदवार कोइरालले आफ्नो जित सुनिश्चित भइसकेको बताएका छन् ।

जसपबाट उपप्रमुखमा उम्मेदवारी दिएका यादवले आफू निर्वाचित भए जनताको मन छुनेगरी काम गर्ने बताए । उपेन्द्र यादवको छोरा नभएर राजनीतिक योगदानाको आधारमा टिकट पाएको समेत दाबी गरेका छन् । बालबालिकाको लागि विभिन्न कार्यक्रम र बेरोजगार युवाहरूको लागि क्षमताको आधारमा कार्यक्रम ल्याउने समेत उनले बताए । उनले विराटनगरलाई सफा, सुन्दर र सुरक्षित सहर बनाउने प्रतिबद्धता व्यक्त गरे ।

गठबन्धनको तुक छैनः थापा

नेकपा एमालेबाट विराटनगर महानगरपालिका मेयरको उम्मेदवार सागर थापाले डुवानमुक्त विराटनगर बनाउने बताएका छन् । उनले विराटनगरको दक्षिणी क्षेत्रमा वर्षेनी हुने डुबानको समस्या समाधान गर्ने, भूमिहिन सुकुम्बासीलाई जग्गाको व्यवस्थापन गर्ने प्रमुख एजेन्डा भएको उनले बताए । ‘समृद्ध महानगर बनाउने संकल्प बोकेर उम्मेदवारी दिएका हौं,’ उनले भने ‘अहिलेको गठबन्धन विकास विरोधी गठबन्धन भएकाले यसको कुनै तुक छैन ।’ जित सुनिश्चित भएको समेत उनले दाबी गरेका छन् ।

उपमेयरमा उम्मेदवारी दिएकी कार्कीले आफुले जितेको खण्डमा उपमेयरको काम कर्तव्यलाई ध्यानमा राखेर काम गर्ने बताइन् । आफुले काम गर्दा सकारात्मक सोचका साथ काम गर्ने र महानगरपालिकाको करको दर घटाएर दायरा बढाउँदै लैजाने बताइन् ।

मङ्गलबार, १३ बैशाख, २०७९, बिहानको ०९:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर