विराटनगर । उम्मेदवारी मनोनयनको पहिलो दिन मोरङमा २ सय ८१ जनाले मनोनयन दर्ता गराएका छन् । १६ वटा स्थानीय तहको प्रमुखमा २१ र उप प्रमुखमा १५ जनाले मनोनयन दर्ता गराएका हुन् ।
१६ वटा स्थानीय तहमा ४८ जनाले वडा अध्यक्ष र १ सय ९८ जनाले वडा सदस्य पदमा उम्मेदवारी दिएका छन् । १७ वटा स्थानीय तह रहेको मोरङमा धनपालथान गाउँपालिमा मनोनयन दर्ता गराउन कोही नआएको धनपालथानका निर्वाचन अधिकृत टिकेन्द्र वीरजङ राणाले जानकारी दिए ।
निर्वाचन आयोगले मनोनयन दर्ताको समय आइतबार र सोमवारलाई तोकेको छ ।
प्रदेश १ मा एक मात्र महानगर रहेको विराटनगरको प्रमुखमा तीन जनाले उम्मेदवारी दिएका छन् । तीन प्रमुखसहित ५७ जनाको उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरकार सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । २ जनाले स्वतन्त्रबाट प्रमुखमा मनोनयन दर्ता गराएका हुन् । एक जनाले सिके राउतको जनमत पाटी बाट मनोनयन दर्ता गराएका छन् । प्रमुखमा सिके राउतको नेतृत्व गरेको जनमत पार्टीबाट महानगर समितिका अध्यक्ष अरुणकुमार मण्डलले उम्मेदवारी दर्ता गराएका छन् ।
जनता समाजवादी पार्टी परित्याग गरेका नेता उमेश यादवले विराटनगर महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिए । उनले शनिवार मात्रै पार्टी परित्याग गरेका यादवले स्वतन्त्र तर्फबाट उम्मेदवारी घोषणा गरेका थिए । गत चुनावमा उनले विराटनगरमा तेस्रो मत ल्याएका थिए ।
विराटनगर ५ का २६ वर्षीय सक्रिय गौतमले पनि स्वतन्त्र वाट प्रमुखमा मनोनयन दर्ता गराएका छन् । ५७ जना मध्ये १८ जना वडा अध्यक्ष र ३६ जना वडा सदस्यमा मनोनयन दर्ता गराएको सूचना अधिकारी बुढाथोकीले बताए ।
सद्भावना पाटी, नागरिक उनमुत्ति पाटी, लोसपा, जनमत, पिछडा वर्ग निसाफ जनजाति पाटी ,विवेकशील साझा पाटीले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । ८ जनाले स्वतन्त्र बाट वडा अध्यक्षमा मनोनयन दर्ता गरेका छन् । विराटनगर ९ नम्बर वडामा औषधी व्यवसायी देशबन्धु ढकालले उम्मेदवारी दिएका छन् । नेपाल औषधी व्यवसायी संघ मोरङको उपाध्यक्ष रहेका ढकालले स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
विराटनगर महानगरपालिका १० को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार माधवराज वाग्लेले पनि उम्मेदवारी दिएका छन् ।अघिल्लो स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट वडाध्यक्ष जितेका वाग्लेले पुनः सोही पदमा उम्मेदवारी दर्ता गराएका हुन । एमालेले टिकट नदिएपछि उनले विद्रोह गरेर स्वतन्त्र उम्मेदवार भएर चुनाव जितेका थिए ।
यस्तै बेलबारी नगरपालिकामा एक जना प्रमुखसहित तीन जनाले उम्मेदवारी दिएका छन् । प्रमुखमा खम्बुवान् राष्ट्रिय मोर्चाले उम्मेदवारी दिएको छ । यस्तै पथरी शनिशचरेमा दुई जनाले प्रमुखसहित २५ जनाले उम्मेदवारी दिएका छन् । प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी र मंगोल नेस्नल अर्गनाइजेसनले उम्मेदवारी दिएको छ ।
यसैगरी सुन्दरहरैचना नगरपालिकामा तीन जना प्रमुखसहित १० जनाले उम्मेदवारी दिएका छन् । सुन्दररहैचमा विवेकशील साझा पार्टी, स्वतन्त्र र मंगोलसनेस्नल अर्गनाइजेसनले प्रमुखमा उम्मेदवारी दिएको छ । सुनवर्षीमा एक जना प्रमुखसहित १७ जना, रंगेलीमा एक जना वडा अध्यक्षले मात्र उम्मेदवारी दिएका छन् । रतुवामाइमा एक जना प्रमुखसहित ३४ जनाले उम्मेदवारी परेको छ । लेटाङमा एक जनाको मात्र प्रमुखमा उम्मेदवारी परेको छ । उर्लाबारी नगरपालिको प्रमुखमा २ जनासहित ४२ जनाले उम्मेदवारी दिएका छन् ।
बुढीगंगामा गाउँपालिकामा एमालेबाट प्रमुख बलभद्र सरदार थारु, उपाध्यक्षमा तुसला कुवर विष्टले उम्मेदवारी दिएका छन् । बुढीगंगामा तीन जनाले प्रमुखसहित ४० जनाको उम्मेदवारी परेको छ । ग्रामथानमा एमालेबाट अध्यक्षमा शिवनारयण माझी र उपाध्यक्षमा गुढावती धामीको उम्मेदवारी परेको छ । ग्रामथानमा दुई जना अध्यक्षसहित ३९ जनाको उम्मेदवारी रहेको छ । केराबारी गाउँपालिकामा राष्ट्रिय मुक्ति मोर्चाको मात्र अध्यक्षमा एक जनामा एक जनाको उम्मेदवारी दिएको छ । मिक्लाजुङ्गमा ३ जना प्रमुखसहित ४७ जनाले उम्मेदवारी परेको निर्वाचन अधिकृत रामकृष्ण श्रेष्ठले जानकारी दिए । कानेपोखरीमा २ जना प्रमुखसहित ४७ र कटहरी गाउँपालिकामा २ जना प्रमुखसहित ७ जनाले उम्मेदवारी दिएका निर्वाचन कार्यालयले जनाएको छ ।