मोरङका दुई पालिकामा एमालेलाई उम्मेदवार छान्न सकस

 विराटनगर । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मोरङका १७ मध्ये १५ पालिकामा एमालेले उम्मेदवार टुङ्गो लगाएको छ । विराटनगर  महानगरपालिका र बेलबारी नगरपालिका बाहेकका पालिकामा भने टुगो लागेको छैन ।

मोरङको मिक्लाजुङको अध्यक्षमा नरेन्द्रप्रसाद ढुङ्गेल र उपाध्यक्षमा निर्मला राईलाई उम्मेदवारी बनाइएको छ । उर्लाबारी नगरपालिकाको प्रमुखमा गंगा खरेल र उपप्रमुखमा मिना पौडेल उम्मेदवार बनेका छन् । रतुवामाई नगरपालिकाको प्रमुखको उम्मेदवार दुर्गा विष्टलाई बनाइएको छ भने उपप्रमुखमा दयन्ता चुँडाललाई नै उम्मेदवार बनाइएको छ । चुँडाल वालवाला उपमेयर हुन ।

एमालेले सुनवर्षी नगरपालिकामा को श्याम राजवंशी प्रमुख र मिरा दासलाई उपप्रमुखको उम्मेदवार बनाएको छ । पथरीशनिश्चरे नगरपालिकाको प्रमुखमा मोहन तुम्वापो र उपप्रमुखमा देवीमाया काफ्ले उम्मेदवार बनेका छन् । कानेपोखरीको अध्यक्षमा राजमती ईङ्नाम र उपप्रमुखमा भोला अधिकारीलाई उम्मेदवारलाई एमालेले उम्मेदवार बनाएको छ ।

यस्तै लेटाङको प्रमुखमा भूपेन्द्र लावती र उपप्रमुखमा कृष्णकुमारी निरौलाले टिकट पाएका छन् । कृष्णकुमारी भने वालवाला उपमेयर हुन । केराबारी गाउँपालिकाको अध्यक्षको सुमन मिरिङ्चिङ र उपाध्यक्षमा मनमाया मगरलाई एमालेले अगाडि बढाएको छ ।

सुन्दरहरैचाको प्रमुखमा केदार गुरागाईँ र उपप्रमुखमा अकली चौधरी उम्मेदवार बनाएको एमालेले ग्रामथानमा शिवनारायण माझी र गुणावती धामीलाई नै दोहोर्‍याएको छ ।

बुढिगंगा गाउँपालिकाको अध्यक्षमा बलभद्र सरदार र उपाध्यक्षमा तुलसा कुवंर विष्ट उम्मेदवार बनेका छन् भने कटहरिमा सुवास सरदार र सीता राजवंशी क्रमशः अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनेका छन् ।

यस्तै जहदा गाउँपालिकामा भने अध्यक्ष उपाध्यक्ष दुवै महिला उम्मेदवार बनेका छन् । अध्यक्षमा यशोदा गिरी र उपाध्यक्षमा अनिता सोरेन उम्मेदवार बनेका हुन ।

धनपालथानमा मुसहरु मण्डल र उपासी देवी राजवंशीलाई उम्मेदवार बनाएको एमालेले रंगेलीको प्रमुखमा दिलीप बगडीया र उपप्रमुखमा भुमा पराजुली निरौलालाई उम्मेदवार बनाएको छ ।

यस्तै बेलबारी नगरपालिकाको प्रमुखमा डीपी राई र ज्ञानेन्द्र सुवेदीको चर्चा भए पनि उनीहरूको नाम भने टुङ्गिएको छैन । उपप्रमुखमा गंगा श्रेष्ठलाई एमालेले टिकट दिईसकेको छ ।

आइतबार, ११ बैशाख, २०७९, बिहानको १०:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर