आर्थिक संकटको अवस्था आयो भनेर गलत प्रचार भयो :अर्थमन्त्री शर्मा

काठमाडौं । आर्थिक संकटको अवस्था आयो भनेर गलत प्रचारबाजी भएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन ।

अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले अर्थतनत्रका सुचकहरु सार्वजनिक गर्दै अर्थतनत्रलाई नियमित गतिमा चल्न दिनुपर्ने समेत बताए ।

‘आम जनमानस र व्यवसायिक जगतलाई हतोत्साहित गर्न हुँदैन, राजनीतिकरण गर्नु हुँदैन,’ उनले भने,’अर्थतन्त्र ठूलो संकटमा गयो भनेर प्रचार गर्नुपर्ने अवस्था छैन ।’

सतर्क भएर जान अर्थमन्त्रालय लागेको भन्दै संकट टार्न विभिन्न निर्णयहरु गर्न मन्त्रिपरिषदमा प्रस्ताव पुगेको उनले बताएका छन ।

चैत्र २८, २०७८, साँझको ०५:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर