विराटनगर ।विराटनगरमा १० दिनसम्म सञ्चालन भएको ‘ट्रेड एक्स्पो’मा ४० करोडको कारोबार भएको आयोजकले जनाएको छ । आइतबार सकिएको एक्स्पोमा २ लाख ५० हजारले अवलोकन गरेका र ४० करोडको कारोबार भएको अयाोजक मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए ।
अपेक्षाभन्दा धेरै दर्शक आएपछि मेला आयोजक समितिले एक्स्पोको समय एक दिन थप गरेको थियो । चैत १८ देखि २७ गतेसम्म सञ्चालन भएको एक्स्पोमा सबैभन्दा धेरै इलोक्टे«निक र अटोमोबाइलको सामानहरू बिक्री भएको अध्यक्ष रिजालले बताए ।
मेला संयोजक विकास बेगवानीका अनुसार एक्स्पोमा ८० वटा एसीसहितका, ६० वटा कुलरसहितका र १०६ वटा सामान्य स्टल रहेको थियो । ‘सबै स्टलहरूमा दर्शकको रोजाइमा परेको थियो,’ संयोजक बेगवानीले भने । एसीसहितका स्टलका लागि ६० हजार, कुलर स्टलका लागि ४० र सामान्य स्टलका लागि ३० हजार शुल्क आयोजकले लिएको थियो ।
मेलामा अटोमोबाइलका १० र फुडकोर्टका १० स्टल थियो । संयोजक बेगवानीका अनुसार एक्स्पोमा स्वदेशी तथा विदेशी विद्यमान उत्पादन र सेवाको प्रदर्शन तथा व्यापार गर्ने लक्ष्य अपेक्षा अनुसारकै पुरा भएको छ । त्यस्तै एक्स्पोमा उत्पादक र उपभोक्तालाई एकै ठाउँमा ल्याएर यसलाई व्यापार र लगानीका सम्भावना खोज्ने थलोका रूपमा स्थापित गरिएको उनले बताए ।
एक्स्पोले उत्पादक तथा वितरकलाई आफ्ना उत्पादन र सेवाको प्रदर्शनी एवम् देश र विदेशमा आफ्नो बजार विस्तार र विविधिकरण गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको दावी छ । एक्स्पोमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न दैनिकजसो राष्ट्रिय कलाकालहरूबाट मनोञ्जन प्रदान गरिको थियो । त्यस्तै जिप लाइन, रिभर्स बन्जी र जिप साइक्लिङ लगायतका साहसिक खेलकुदको व्यवस्था पनि रहेको थियो ।
एक्स्पोमा आयोजकले लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल जस्ता अन्तराष्ट्रिय संरचनाले आकर्षण थप्यो । सेल्फी जोनमा फोटो खिच्नको भिड लाग्ने गरेको थियो ।
समापन कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले विभिन्न व्यक्तिहरूको स्वार्थका कारण विराटनगरमा प्रदर्शनी स्थल बनाउन नसक्ने अवस्थाको सिर्जना भएको बताए । विराटनगरले चाहेको जस्तो विकास हुन नसक्नुमा राजनैतिक दल र सरकार नै दोषी भएको उनले बताए ।
विराटनगर आजभन्दा करिब ३० वर्ष पहिलाकै अवस्थामा रहेकोले विकासमा कुनै गति नलिएको रिजालको भनाइ छ । काठमाडौँपछिको दोस्रो सहर विराटनगरलाई छैटौँ नम्बरमा पु¥याउने काम भएको भन्दै उनले आक्रोश पोखे ।
मेला समापनमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले म्यानेजर बनेर उद्योगी, व्यवसायीहरूलाई सहयोग गर्ने बताए । उद्योग व्यवसायलाई सहज हुनेगरि ऐन, नियम र कानुन बनाएर सहजिकरण गरिदिने उनको भनाइ थियो । यस्ता एक्स्पो आर्थिक विकासको लागि सहयोगी हुने उनले बताए ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले दिगो आर्थिक विकासको लागि औद्योगिक प्रदर्शनी स्थल बनाउन जरुरी रहेको बताए ।