विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले म्यानेजर बनेर उद्योगी, व्यवसायीहरूलाई सहयोग गर्ने बताएका छन् । मोरङ व्यापार संघले विराटनगरमा आयोजना गरेको दशदिने ट्रेड एक्स्पोको समापन कार्यक्रममा आइतबार बोल्दै मुख्यमन्त्री राईले ऐन नियम र शान्ति सुरक्षा शुव्यवस्थापन कायम गरेर सरकारले म्यानेजर बनेर सहयोग गर्ने बताएका हुन् ।
‘तपाइहरू मेन एक्टरको रूपमा अगाडी बढनुहोस् । तपाइहरूलाई सहज हुने गरि हामी ऐन, नियम र कानुन बनाएर सहजिकरण गरिदिनेछौं,’ मुख्यमन्त्री राईले भने । यस्ता एक्स्पो आर्थिक विकासको लागि कडि बन्ने उनले बताए । ‘राष्ट्रिय पूजीको विकास र आर्थिक विकासले यस्ता एस्पोहरूले ठूलो भूमिका खेल्लनेछ । यस्ता एस्क्पोले आर्थिक गतिविधीहरू चलायमन हुन्छ,’ मुख्यमन्त्री राईले भने, ‘आफ्नो उत्पादनलाई वृद्धि र राष्ट्रिय पुजीलाई बढाउन यस्तो एस्पोकाले निरन्तार पाउनुपर्छ ।’
प्रदर्शनी स्थलको कामको प्रक्रिया अगाडी बढाउन एउटा मिटिङको आयोजना गरि प्रक्रिया अगाडी बढाउनुपर्नेमा उनले जोड दिए । ‘प्रदर्शनी स्थलको लागि एउटा मिटिङ्ग राख्यौ । बजेटको बिनायोजन गरि सम्पन्न गरिने गरि कामको आरम्भ सुरू गरौं,’ उनले भने ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले दिगो आर्थिक विकासको लागि औद्योगिक प्रर्दशन स्थाल बनाउन जरुरी रहेको बताए । ‘कुनै पनि बहानामा औद्योगिक प्रर्दशनी स्थल रोक्नु हुदैन । जसरी पनि बनाउनु पर्दछ । त्यसमा विराटनगर महानगरपालिकाले तयार रहेको छ,’ उनले भने, ‘मुलकुलाई समृद्ध विकास तर्फ अगाडी बढाउन तीन तहको सरकारले निजी क्षेत्रसँग समन्वय र सहकार्य गरि अगाडी बढनुपर्दछ ।’