विराटनगर । विराटनगरमा जारी ‘ट्रेड एक्स्पो’ मा १५ करोडको कारोबार भएको आयोजकले जनाएको छ । मेला सुरू भएको ६ दिनमा १ लाख ८० हजारले अवलोक गर्दा १५ करोडको कारोबार भएको मोरङ व्यापार संघले बुधबार पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
अपेक्षा भन्दा बढी दर्शक आएपछि उनीहरूको इच्छा अनुसार एक्स्पो एक दिन थप गरिने निर्णाय गरिएको संयोजक विकास बेगवानीले जानकारी दिए । चैत १८ देखि २६ गतेसम्म एक्स्पो संचालन गर्ने भनिएको थियो ।
तर, दर्शकको माग अनुसार मेला बढाउनुपर्ने भनिएपछि उनीहरूको चाहना अनुसार एक दिन चैत २७ गतेसम्म संचालन गर्ने निर्णाय गरेको संयोजक बेगवानीले जानकारी दिए । ‘मेलामा एक्स्पोमा दर्शक आउनेको संख्या बढेको छ । हामीले सोचेभन्दा पनि धेरै दर्शकहरू आएका छन् । मेलालाई दर्शककले मन पराइदिनुभएको छ,’ मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले भने । उनका अनुसार एक्स्पोमा सबैभन्दा बढी इलोक्टे«निक र अटोमावाइलको सामानहरू बढी बिक्री भएको जानकारी दिए ।
एक्स्पोमा ८० वटा एसीसहितका, ६० वटा कुलरसहितका र १०६ वटा सामान्य स्टल रहेको छ । ‘सबै स्टलहरूमा दर्शकको रोजाइमा परेको छ,’ संयोजक बेगवानीले भने । एसीसहितका स्टलका लागि ६० हजार, कुलर स्टलका लागि ४० र सामान्य स्टलका लागि ३० हजार शुल्क तोकिएको छ । त्यस्तै अटोमोबाइलका १० स्टल रहेको छ । अटो स्टलका लागि ७० हजार शुल्क निर्धारण गरिएको छ । फुडकोर्टका लागि १० स्टल छन् ।
एक्स्पोमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न विभिन्न दैनिकजसो राष्ट्रिय कलाकालहरूबाट मनोञ्जन प्रदान गरिएको छ । शुक्रबार गायक डम्मबर नेपाली र शुक्रबार चिर्चित गायिका इन्दिरा जोशीको सांगीतिक प्रस्तुती रहेको छ । त्यस्तै जिप लाइन, रिभर्स बन्जी र जिप साइक्लिङ लगायतका साहसिक खेलकुदको व्यवस्था पनि रहेको छ । एक्स्पोमा आयोजकले लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल जस्ता अन्तराष्ट्रिय संरचनाले आकर्षण थपेको छ । सेल्फी जोनमा फोटो खिच्नेको भीड लाग्ने गरेको छ । एक्स्पोमा नेपाल सँगसँगै भारत, बङ्गलादेश र पाकिस्तानका उत्पादनहरु समेत बिक्री वितरणमा राखिएको छ ।
Entry ticket mahgo vyo