विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजले मोरङको कटहरी गाउँपालिका ३ मा शुक्रबार स्वास्थ्य शिविर आयोजना गरेको थियो । उक्त शिविरमा डा. विजय पनि गएका थिए ।
दिनभरी स्वास्थ्य जाँच गरेपछि उनीसहित अस्पतालका चिकित्सकको टोली ५ बजे हस्पिटल आएका निर्देशक नारयण दाहालले जानकारी दिए । अस्पताल आएपछि आफ्नो डेरातर्फ जाने भन्दै हिंडेका डा. यादव शनिबार बिहान मृत फेला परेका छन् ।
अस्पतालदेखि करिब २ सय मिटर पूर्व प्रेम बस्नेतको घरमा डेरा गरि बसेका यादव कम्पाउण्डभित्र उनी मृत फेला परेको प्रहरीले जनाएको छ । उनी तेस्रो तलाको कोठामा बस्दै आएका थिए । शव अहिले घटनास्थलमै छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भएका अन्दाजी २८ वर्षीय डा. यादव विगत ४ वर्षदेखि नोबेल हस्पिटलमा कार्यरत छन् । अस्पतालका प्रबन्धक दाहालका अनुसार डा. यादव नोबेलको हाडजोर्नी तथा नशा रोग विभागमा कार्यरत मेडिकल अफिसर हुन् । उनी ४ वर्षअघिदेखि नोबेलमा कार्यरत रहेको दाहालले बताए । उनले बङगलादेशबाट एमबीबीएस गरेर आएका हुन् ।
घोप्टो परेको र नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा डेरा बसेको कोठाबाट मुनिको भुइँमा उनको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । शव नजिक लाइटेर र दुई वटा जुत्ता पनि रहेको छ । जुक्ता महिलाले लाउने रहेको छ । ‘डेरा बसेको घरको कम्पाउण्डभित्र चिकित्सक मृत फेला परेको जानकारी बिहान आएको हो,’ उनले भने, ‘तत्काल प्रहरी परिचालन गरेर घटनाका बारेमा अनुसन्धान थालिएको छ ।’ शव भेटिएको स्थानदेखि करिब एक सय मिटर पश्चिम नहर छेउ, नोबल हस्पिटलको गेढलगायतका विभिन्न स्थानहरूमा पनि रगत देखिएको छ । घटनास्थलमा मोरङ प्रहरी र प्रदेश प्रहरी कार्यालय विराटनगरको टोली पुगेर घटनाको अुनसन्धान सुरु गरेको छ । प्रहरीले तालिम प्राप्त कुकुरलाई पनि ल्याएर घटनाको अनुसन्धान सुरु गरेको डिएसपी श्रेष्ठले बताए ।
मृतकका आफन्तहरूले नियोजित रूपमा हत्या भएको भन्दै घटनाको निष्पक्ष छानविन गरि सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग राखेका छन् । ‘भान्जाको नियोजित तरिकाले हत्या गरेर डेरा नजिक ल्याएर फालेको हुनसक्छ,’ मृतकका मामा उपेन्द्र यादवले भने, ‘घटनास्थल अर्कै तिर भएको हामीले आशांका गरेका छौं । घटनाको गहन रूपमा अनुसन्धार गरि सत्यतथ्य बाहिर ल्याएर दोषिलाई कारवाहीको दायारामा ल्याउनुपर्दछ ।’
राती अवरेसम्म साथीहरू होटलमा
शनिबार राती डा. विजय यादव दुई जना साथीहरूसँग अवेर रातीसम्म होटलमा रमाइलो गरेको खुलेको छ । उनी र उनका साथीहरूसँग विराटनगरको एयरपोर्ट रोडमा रहेको एक होटलमा राती ११ बजेसम्म बसेका थिए । डा. यादवसहित तीन जना साथीहरू अवेर रातीसम्म बसेर बियर खाएका थिए । तीन जनाले ६ वटा बियर खाएको बताएका छन् ।
डा. यादवका साथी हाडजोर्नी भाचिदा प्रयोग गरिने स्टिल (इम्प्लान्ट) र सिए साथीसँग बसेका थिए । उनीहरू त्यस होटलबाट करिब साढे ११ बजेसम्म बसेका थिए । त्यसपछि एउटा स्कूटीमा तीन जना बसेर डा. यादवलाई पु¥याउन डेरा गएको देखिएको छ । डा. यादवलाई इम्प्लान्टमा काम गर्ने साथीले डेरादेखि करिब ५० मिटर दक्षिणमा छोडेको बताएका छन् । डा. यादवलाई डेरा अगाडी छोडदा रातको करिब ११ ः ४५ बजेको समय भएको ती साथीले बताएका छन् । ‘डाक्टर यादवले होटलमा रहदा भिडियो पनि खिच्नुभएको थियो । राती १२ बजेपछि तेही भिडियो माग्न फोन गरेको थिए । तर, डाक्टर यादवको फोन उठेन,’ सँगै राती बसेका ती साथीले भने ।
प्रहरीले होटलमा सँगै बसेर रमाइलो गर्ने दुई जना साथीहरूलाई सोधपुछको लागि मोरङ प्रहरीमा ल्याएको बुझिएको छ ।
उपलब्ध सबै बिकसित साधनको प्रयोग गरेत सत्य पत्ता लगाउनु पर्छ
Krishnakrishnayadav